तीन नम्बर प्रदेशको बजेट साउनबाटै कार्यान्वयन हुन

गुगलपाटी संवाददाता
२ असार २०७६ १३:०६

हेटौंडा: ३ नम्बर प्रदेशको बजेट साउनबाटै कार्यान्वयन हुने दाबी प्रदेश सरकारले गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले आईतबार आएको बजेटको विषयमा पत्रकार सम्मेलन गर्दै आउँदो आर्थिक बर्षका लागि ल्याइएको बजेट आर्थिक वर्षको सुरुवात देखिनै कार्यान्वयन हुने दाबी गरेका हुन् । प्रदेश सरकारका प्रवक्ता समेत रहेको मन्त्री ढुङ्गेलले प्रस्तुत भएको सबै बजेट कार्यान्वयन सरकारले गर्ने बताएका छन् । चालु आर्थिक वर्षमा कर्मचारीको अभाव, पर्याप्त कानुनको अभाव, नीति तथा योजना आयोगले पुर्णता नपाउनु लगायत रहेको भन्दै बजेट खर्च गर्न नसकेको स्विकार गरेका हुन् ।