माई फस्ट लभ
गुगलपाटी संवाददाताआवेश कुमार श्रेष्ठ
पुसको महिना, सूर्यको साथ नै प्यारो लाग्ने सबैलाई । यही भएर स्कुलका सबै जना त्यो पारिलो सूर्यको तापमा बसेका थिए । त्यही माझ ऊ पनि थिई । कालो स्वेटर, सर्लक्क परेको कपाल, नशालु नयन र ओठमा मन्द मुस्कान बोकेर उभिएकी थिई । हजार जना होउन् या लाखौँ तर मेरो नजर उसैमा गएर सुटुक्क बस्थ्यो । त्यो दिन पनि मेरो नजरले त्यही प्रकृया दोहो¥यायो । अरुमा जस्तै उसमा पनि नाक, कान, मुख, घाटी इत्यादि थियो तर पनि मलाई ऊ निकै भिन्न लाग्थ्यो । उसमा केही त थियो जसले उसलाई अरुभन्दा भिन्न बनाएको थियो । कहिलेकाहीँ त यस्तो लाग्थ्यो कि उसलाई मेरो यो अँगालोमा टिपिक्क कसौँ । तर मैले कहिले सकिन । सकँु पनि कसरी ? एउटै कक्षामा पढ्ने भएर पनि हामी बीच एकाध पटक भन्दा बढी प्रत्यक्ष कुरा भएको याद छैन । अरूसँग घन्टौँ कुरा गरेर बस्न सक्थेँ तर उसको स्वरको स्पर्श थाहा पाउने बित्तिकै मेरो यो मन डराउँथ्यो, मेरो यो मन निकै बेचैन हुन्थ्यो । सायद उसमा केही त थियो जुन मिठो स्वाद भएको परिकार भन्दा पनि खतरनाक । त्यही स्वादमा लट्पटिएको थिएँ म । हो त्यही रसको मिठासमा हराएको थिएँ म । चुम्बकले चुम्बकीय वस्तु तानेझैं मलाई पनि उसको उपस्थितिले तानेको थियो । जहाँ भए पनि उसको उपस्थितिले मेरो मन प्रफुल्ल हुन्थ्यो ।
उसलाई जति हेरे पनि यो मन कहिल्यै नअघाउने भइसकेको थियो । चाहे कलेजको कक्षा कोठामा होस्, चाहे खेल मैदानमा होस् या त घर आउँदा जाँदा बाटोमा होस् उसलाई हरेर म कहिल्यै थाकिन । उल्टै उसलाई हेर्दा झन् ममा भएको थकान पनि दूर भएजस्तो लाग्थ्यो । कलेजमा ऊ भन्दा राम्रा अरू पनि थुप्रै केटीहरू थिए तर पनि ऊ नै मलाई सबै भन्दा प्यारी लाग्थी । मैले उसलाई एकतर्फी प्रेम गर्न थालिसकेको थिएँ । हो मैले उसलाई साँच्चै एकतर्फी प्रेम गर्न थालीसकेको थिएँ । उसको उपस्थितिले मेरो मनमा भूकम्पका पराकम्पन जस्तै कम्पन उत्पन्न गराउने गथ्र्यो । प्राकृतिक भूकम्पका पराकम्पनले मानवीय क्षति गर्न सक्छ तर यो भूकम्पका पराकम्पनले कुनै प्रकारको मानवीय क्षति गरेको थिएन तर मानवीय मनको क्षती गर्दै गइरहेको थियो । उसलाई मैले एकतर्फी प्रेम गर्न थालेको धेरै भइसकेको थियो । मैले उसलाई आफ्नो बनाउन भनेर प्रेमपत्र पनि नकोरेको होइन तर त्यो पत्र उसको हातसम्म पु¥याउन सक्ने आँट कहिल्यै आएन । कति च्यात्तिए कति मनमा नै सङ्कलित हुन पुगे यसको गन्ती हातका औंलाद्वारा गर्न सकिँदैन ।
कलमको माध्यमले मनका भावनाहरू सेतो कागजमा उतार्न मैले निकै मिहिनेत गरेको थिएँ । तर त्यो मिहिनेतलाई प्रयोगात्मक रूपमा देखाउन मैले कहिल्यै सकिनँ । म एक प्रकारले कायर नै थिएँ । कति वसन्त आए कति गए तर म जहाँको त्यहीँ थिएँ । कहिले आफू देखि आफँैलाई दिक्क लाग्थ्यो । हुन पनि म प्रविधिसँग खेल्न नजान्ने नै हुँ कि जस्तो पनि लाग्थ्यो यो मोबाइल र सामाजिक सञ्जालको जमानामा म कागजको खोस्टोमा मसिले लेखेका अक्षर कसरी उसको हात पारुँ भन्ने सोचमा मग्न हुन्थेँ । मसँग उसको मोबाइल नम्बर र फेसबुक एकाएन्ट पनि त थिएन । कुनै न कुनै माध्यमबाट मैले प्रविधिको प्रयोग गर्नु नै थियो । मेरो प्रयास सफल भयो र मैले एस.एम.एस. सम्म पठाउन सफल भएँ । उसले पनि प्रतिउत्तर दिने क्रम चलि नै रह्यो यसरी हामी प्रविधिको उपयोग गरेर मायामा हराउँदै जान थालिसकेका थियौँ तै पनि मैले प्रेम प्रस्ताव राख्नै सकेको थिइन । यस्तो लाग्न थाल्यो कि उसले पनि मलाई प्रेम गर्न थालिसकेकि थिई भन्ने कुरा उसका बिजुली माध्यमका सन्देशले प्रष्ट्याउँदै गएको थियो । बिजुली माध्यमबाट हामी जति नजिक भइसकेका थियौँ प्रत्यक्ष भेटमा बोल्न सम्म पनि नसकेकै अवस्था थियो । साथीहरू सबैलाई थाहा थियो म उसलाई प्रेम गर्छु भनेर । उनीहरू जिस्क्याउन माहिर बनिसकेका थिए, उनीहरूले यतिसम्म गर्न थालिसकेका थिए कि मेरो र उसको नाम नै जोडर जिस्क्याउने गर्थे । मलाई हेर्दै खित्का छोडेर हाँस्थे । त्यति बेला मलाई ऊ आफ्नै जस्तो लाग्थ्यो । अँगालोमा कसँुकसँु लाग्थ्यो तर त्यो कल्पनामै सीमित रहन्थ्यो । अनि फेरी आफूले आफैँलाई हुतिहारा जस्तै अनुभव गर्थेँ जाबो एउटा प्रेम प्रस्ताव त गर्न सकेको छैन मैले म कसरी यो प्रेमको परीक्षामा सफल हुन सक्छु ? र अँगालोमा कस्ने कुरा सोच्दै छु ? उसको र मेरो आँखा जुध्दा मेरै नजर पहिले अर्को दिशातिर मोडिन्थे । मेरो आँखामा धेरै कुराहरू लुकेका थिए । डर थियो कतै मेरो मनका भावहरू आँखाहरूका माध्यमबाट पढ्ने त होइन भनेर । त्यसैले आँखा मोड्नु मेरो बाध्यता जस्तै थियो ।
बिजुली सन्देशको लतमा म यसरी फसेँ कि जसरी कुनै वस्तु लिसोमा फस्छ । म जहिले पनि मोबाइलमा टाँसिएर बस्थेँ । कहिले खाना खान बिर्सिन्थे त कहिले सुत्न तर पनि मैले मोबाइल कहिल्यै छोडिन । आखिर प्रेम भएपछि कहाँ निद्रा भोक हुन्छ र ? सबै कुरा नै प्रेममा हुन्छ । प्रेम नै हो यो संसारलाई रङ्ग्याउने । प्रेम नै हो यो संसारलाई आफ्नो बनाउने । समय बित्दै गयो । म एकतर्फीबाट दुईतर्फी हुन सक्दै सकेको थिइन । एउटा त्यस्तो दिन आयो जुन दिनको अहिले पनि मलाई याद छ र सधैं रहिरहन्छ । त्यो दिन मङ्सिरको पाँच गते थियो । त्यो दिन कपालमा सेट वोइट, अनुहारमा फेरन हाण्ड्सम र काधमा झोला बोक्दै लामोलामो फट्कोमा स्कुल पुगें । स्कुलमा जुन कुरा भयो त्यो कुरा मैले कहिले सोचेको थिइन ।
त्यो कुरा थियो, उसको विवाह । ऊ अनुहारमा मुस्कानहरूलाई एकीकृत गर्दै विवाहको कार्ड साथीहरूलाई बाँड्दै थिई । त्यसै क्रममा एउटा कार्ड मेरो हातमा पनि थमाइ ।
जब त्यो कार्ड मेरो हातमा प¥यो तब मेरो शरीरमा चिटचिट पसिना आउन थाल्यो, मेरो शरीरका अङ्गअङ्गहरूमा यस्तो तरङ्ग पैदा भयो जसले गर्दा शरीर नै लगलग काँप्न थाल्यो । आँखाहरू रसाउन थाले तर मैले आँखाका आँसु लुकाउँदै अनुहारमा मुस्कान देखाउँदै भनेँ,–“बधाई छ रक्षा तिमीलाई ।” उसले प्रत्युत्तरमा भनी,–“थ्याङ्यु आबेश ।”
मन एकाएक उदास हुन थाल्यो । आँखामा आँसु देखाउन नसके पनि मन रोईरह्यो । मैले उसलाई प्रेम गरेको कुरा सुन्ने साथीहरू मलाई हेर्दै सबै मलिन हुन थाले । कतिले टिठ पनि देखाए । त्यो दिनका पिरियडहरू मलाई यति लामो लाग्यो कि म शब्दमा बयान गर्न सक्दिन । म छानाबाट खसेजस्तै भएँ । लाचार थिएँ, कायर भयो मन त्यो भन्दा बढी म अभागी थिएँ । क्याम्पस सकिएपछि घर गएँ । के गरम र कसो गरम भयो । सर्ट निकालेर फाल्दिएँ । एउटादुईटा टाँकले रक्षाले धोका दिए झैं धोका दिएर गए । रक्षालाई एस.एम. यस गरम कि नगरम दोधारमा परेँ । हुन पनि अब म किन गरम ऊ अर्कैको हुनलागिसकेकी थिई । तिमीले मलाई भन्दै नभनी किन विवाह गर्ने आँट्यौ ? एक्कसी मलाई विवाहको कार्ड किन थमायौ रक्षा किन ?’ यति कुरा सोध्न मन थियो तर मैले त्यो आँट पनि गर्न सकिन । उसको अब अर्कै दुनियाँ निर्माण हुन लागिसकेको थियो अब म किन उसको अगाडि जाऊँ ? अब किन म उसँग बोलौँ ? उसको उमेर नै कति भएको थियो र अहिल्यै विवाह गर्न ? भर्खर अठार कति हतार विवाह गर्न । किन हतार गरी विवाह गर्न ? सबै कुरा सेयर गर्नेले यो कुरा किन त्यतिका बिजुली सन्देश मार्फत भनिन र आज एक्कासी मेरै अगाडि उभिएर भनी ? त्यो पल यता हेरे पनि उता हेरे पनि प्रश्न सुचक चिन्ह मात्र नाच्दै थियो । मन उदास उदास थियो । केही रिस पोख्न भित्तालाई मुक्का पनि हानेँ तर दुखेको नदुखेको पत्तै पाइन । रिस झन् बढ्दै गयो अब यसले आफैँलाई हानी गर्छ भन्ने लागेर त्यसलाई भुल्नको लागि बाथरुम पसेँ र तातिएको ज्यानलाई पानीले चिसो बनाएँ ।
पानीका थोपाथोपाहरूमा उसैलाई पाएजस्तो भयो । उसको याद झन् बढ्दै गयो मेरो मन झन् उदास हुँदै गयो । बाहिर निस्केँ मोबाइल टुङ्ग… टुङ्ग बज्यो । हेर्दा रक्षाको एस.यम.एस थियो । ‘किन एस.एम.यस गरिस् हँ मलाई यति धोका दिएर पनि पुगेन तलाई ?’ भनेजस्तो लाग्यो । तर पनि मैले एस.एम.यस खोलेँ । मेरो बिवाहमा जसरी पनि आउ है बाजाको तालमा नाच्न पर्छ तिमी’ । यो जिन्दगी पनि बडो अचम्मको छ । म यहाँ बिना बाजा उसैको विवाहको कुरा सुन्दा फनफनी नाचेको छु अझै ऊ नाच्न बोलाउँदै छे । आँखा रसाए पनि थोपा चुहिन दिएको थिइन तर मन थामिएन त्यो दिन धेरै रोएँ । मैले उसको कुनै पनि प्रकारको एस.एम.यस रिप्लाई दिइन । उसको एस.एम. यस आउने क्रम जारी नै थियो र आयो । लेखिएको थियो ‘यु आर माइ बेस्ट फ्रेन्ड सो यु मस्ट कम माइ होम बिफोर थ्री डे अफ म्यारिज ।’ मैले प्रतिउत्तर फर्काइन ।
मनको उदासी पनले सगरमाथा छोएको थियो । रक्षा तिमीलाई थाहा छैन म तिमीलाई कति प्रेम गर्छु भनेर ? तिमीलाई देखाउन सकेको छैन । यदि देखाउन सक्थेँ भने तिमी आफ्नो हुनेवालालाई छोडेर मेरो अँगालोमा रम्न आउँथ्यौ । तर म कायर मान्छे कहाँ सक्थेँ र आफ्नो मनको भावना पोख्न ? कहाँ सक्थेँ र मेरो प्रेम तिमीलाई बुझाउन । रिप्लाई दिने सोचेर लेखेँ ‘थाहा छ रक्षा तिमीले मलाई ठूलो धोका दिएकी छ्यौ । तिमीले विवाहको कुरा मलाई एस.एम.यस.मा पनि भनिनौ । मलाई दुःख लाग्यो । तिम्रो यो कुराले मेरो हृदयमा निकै ठेस पुगेको छ । म निकै निरास छु रक्षा निकै निरास ।’ उसले उत्तर फर्काइ ‘सबै कुरा यति छिटो भयो कि कसैलाई भन्न सकिनँ, मलाई माफ गर है आबेश, तिमीलाई मैले प्रत्यक्ष भेटेरै भन्छु भनेर अरु माध्यबाट नभनेको हो । तिम्रो हृदयमा पुग्न गएको ठेस माथी म जिम्मेवार छु तर पनि साथीको नाताले माफ गरिदिन्छौ भन्ने विश्वास लिएकी छु ।’ कसरी माफ गरौँ रक्षा ? मेरो प्रेमको बिरुवा सर्न भन्दा पहिलै नै तिमीले निमोठिदियौ । कुन कुराले माफ गरिदिउँ रक्षा म तिमीलाई ? तिमी मेरो नजरमा अपराधी सावित भएकी छ्यौ, मन मार्ने अपराधी । म तिमीलाई कुनै हालतमा माफ गर्न सक्दिनँ । शारीरिक चोटको ओखती होला तर यो मनमा लागेको चोटको ओखती कहाँ छ र रक्षा कहाँ छ ? आखिर शारीरिक नोक्सान पु¥याउनेलाई कारागार छ तर यो मनको नोक्सान पु¥याउनेलाई कारागार कहाँ छ र ? शरीर हत्या गर्नेलाई हत्यारा भनिन्छ मनको हत्या गर्नेलाई के भन्ने ? आखिर मनको हत्यारालाई सजायँ के नै छर यहाँ ? फेरि उसको एस.एम. यस आयो ‘सरी आबेश माफ गर है, हाम्रो साथीको नाताले भए पनि एकचोटी बोल ।’ साथीको मात्र नाता थियो र हाम्रो ? अरु नाता थिएन र रक्षा ? मैले यति धेरै प्रेम गर्दा पनि तिमीले किन मलाई बुिझनौ ?’ सबै कुरालाई बिर्सने प्रयत्न गर्दै लेखेँ ‘कुराहरू धेरै गहिरा छन् रक्षा, केही कुराको भाव हुन्छ शब्द हुँदैन । त्यसैले म तिमीलाई भन्न चाहन्छु कि केही कुरा रुख र रुखका पात जस्तै हुन्छन् । पातहरू हावाले उँडाएर जमिनमा झार्छ भने रुख जस्ताको त्यस्तै हुन्छ । आज म त्यही पात भएको छु’ यति भने पछि मनमा केही राहत मिल्यो । मनमा बेचैन छायो कतै पाश्र्वमा गीत बजेझैँ लाग्यो,
‘झरेको पातझैँ भयो उजाड मेरो जिन्दगी
निभेको दीपझैं भयो उदास मेरो जिन्दगी…….।’
यो गीत कतै बजेको थियो या थिएन तर मेरो जीवनमा मेल खाने हुन आएको भएर होला मलाई त्यसैको रन्को आयो । मनमा कुरा खेलिरहेकै थिए । मोबाइलमा म्यासेजको आवाज आयो । म्यासेजमा लेखिएको रहेछ, ‘यस्तो कुरा छोड, मेरो विवाहमा जसरी नि आउ है तिमी ।’ ‘के छोड्ने रक्षा, अबदेखि त तिम्रो जीवन पनि अर्कैको हक लाग्ने हुन्छ । अब विवाह भएपछि कहाँ मलाई एस.एम.यस गर्न पाउँछ्यौ र ? तिम्रो हुने वालासँग तिमी रङ्गिन्छ्यौ म भने यता तिम्रो वियोगमा तड्पिन्छु । तिमी भने उता नयाँ नाता जोड्छ्यौ म भनें बनेको नाता पनि तोड्छु । तिमी उता नयाँ वस्त्र र नयाँ गरगहना रङ्गिन्छ्यौ म यता त्यही तिम्रो याद र प्रेममा छट्पटीनेछु ।’ यति लेख्न मन थियो तर सकिन र लेखेँ ‘तिम्रो विवाहमा आएर म झन् दुःखी हुन्छु रक्षा, तिम्रो सिन्दुरमा अर्कैले सिन्दुर हाल्दा मेरो मन कसरी थामिएला र तिमी अन्मिएर गएको म हेर्न सक्दिन’तुरुन्तै रिप्लाई आयो ‘हा हा हा…..तिमी पनि आउ अनि मेरो नाममा दुईचार थोपा आँसु चुहाइदेऊ जबकी अरुले सोचुन् माया र मित्रता भनेको यस्तो रहेछ र हुनुपर्छ भनेर’ ‘तिम्रो लागि दुईचार थोपा होइन आँसुको मूल नै फुटाउन पनि तयार छु । तर के थाहा तिमीलाई म तिम्रो लागि अहिले पनि रुँदै छु भनेर’ यति लेखेको थिएँ तर पठाउने आँट आएन र ‘हस्’ लेखेर रिप्लाई फर्काएँ । उताबाट रिप्लाई आयो, ‘ओके, गुड नाइट’ मैले पनि त्यही रिप्लाई दिएँ ।
मनमा अनेक व्यथा र पीडा बिचमा ऊ । त्यो रात रोएँ एक्लै कराएँ, डायरीका पानाहरूमा बिछोडको पीडा पोखेँ र कति कुराहरू मनमै मारेँ कुरा गरेर साध्य थिएन । त्यो रात म रुँदा रुँदा कति बेला निदाएँ थाहा पाइन ।
भोलिपल्ट पनि स्कुल गएँ । मौनतामा बसेँ । कसैसँग हाईहेल्लो पनि भएन । कसैसँग एक वचन नबोलेरै त्यो दिन बित्यो । कोही साथीहरूले मेरो व्यथा बुझे कसैले हावामा उडाए । केही रातहरूमा मदिराको साथमा निदाएँ, केही रात उनको यादमा बिताएँ ।
हेर्दाहेर्दै उसको विवाहको दिन आयो । म उसको घर गएँ । साथीहरू मलाई देखेर चकित थिए । केही नखाने मनासयमा थिएँ । रक्षाको बुवाको करले गर्दा मन राख्न भए पनि केही चिज लिएर बसेँ । मनमा अनेक व्यथा बोकेर मुस्कान छोड्नु नै जिन्दगी हो त्यसैले मैले मुस्कान छोड्दै हिडेँ उसको विवाह भएकोमा कुनै पर्वाह नगरे जस्तो गरिरहेँ । साथीहरू मलाई हेरेर भन्दै थिए ‘मुस्कान छोडेर अरुलाई झुकाउन सक्छौ हामीलाई सक्दैनौ ।’ कुरो सही थियो । तर मैले केही प्रतिक्रिया दिइनँ । म त्यहाँबाट बिदा भएर घर गएँ । रात भईसकेको थियो । एक हातमा मदिराको बोत्तल र अर्को हातले चुरोट तान्दै बसेँ । एकचोटी मनमनै सोचँे, ‘आज उसको विवाह भयो । ऊ यति बेला सुहाग रातमा मस्त होली । मेरो भने यही मदिरा र चुरोट साथी भएका छन् । ऊ उता नयाँ दुनियाँमा रम्दै होली आफूलाई यता विछोड्को रोगले गाँजेको छ ।
केही मदिराको डोज पुगेपछि सोचमग्न भएँ, “उसको जिन्दगीको एउटा बाटो मोडियो, मेरो त अझै बाँकी छ । मेरा अगाडि पुरै जिन्दगी छ, मेरा बुवाआमाको म प्रतिको सपना छ, र मेरो पनि आफ्नै सपना छ । एउटा विछोडले पीडालाई यति कमजोर बनाउन हुँदैन, यसले समस्याको समाधान निकाल्न सक्दैन झन् जिन्दगी बर्बादीतर्फ धकेल्छ” भन्दै आफूलाई सम्हाल्ने प्रयत्न गरेँ तर कता कता भित्रैदेखि कुरा आयो फेरी, “तलाई अझै कति विछोडको पीडाहरु सहनु छ हेर्दै जा ।” ऊ अर्कैको भईसकेकी थिई म रोएर चिच्याएर, कराएर हुने केही थिएन । न त त्यो समस्याको समाधान नै थियो । मनमा फेरी अर्को सोच आयो, “भोलि आफू पनि अर्काको हुनु नै छ । आफ्नो सपना नभए पनि बुवाआमाको सपना त पूरा गर्नै पर्ने छ । प्रेम भनेको पाउनु नै पर्छ भनेर कहाँ लेखेको छ र ? आखिर तैंले पहिले पनि उसलाई प्रेम गर्थिस् अहिले पनि गर्दै छस् के फरक छ र ? तैले एकतर्फी प्रेम गरिस् हो त्यही प्रेम निस्स्वार्थ थियो । दुईतर्फी भएको भए केही स्वार्थ हुन्थ्यो होला तर तैंले निस्वार्थ गरिस् । तँ अब परिवर्तन हुनुपर्छ आफ्नो बावुआमाको सपना पूरा गर्नुपर्छ आबेश । तेरो हातमा छ अब सब कुरा । यसरी कति दिन बिताउँछस् । जति गरे पनि रक्षा अब यो जुनीमा तेरी हुने छैन ।” झन् चिन्ता लाग्न थाल्यो मलाई आफ्नो बारेमा । यसरी मदिरा र चुरोटमा जिन्दगी कटाउनु कुनै प्रकारको प्रेमको निसानी होइन । त्यसैले मैले त्यो दिनबाट मदिरा र चुरोटलाई नछुने सङ्कल्प गरेँ । ‘परिवर्तन हुनु छ म, मैले बुवाआमाको सपना पूरा गर्नु पर्छ । मैले पढ्नु पर्छ अबदेखि यसरी दिनरात बिताएर के काम ? आखिर ऊ अरुकै भइसकी म भोलि अर्कैको हुन्छु । समयले जे दियो त्यो स्वीकार गर्नुपर्छ । भोलि उसको ठाउँमा अरु कोही आउला । समयले जे दिन्छ राम्रो दिन्छ त्यसैले यो पहिलो प्रेम भुलेर अघि बढ्नु पर्छ । त्यो पत्थरलाई तब मात्र पुज्छन् जब त्यसले धेरै चोट खाएर मूर्तिको रूपमा परिवर्तन हुन्छ । हो तँ अब मूर्तिको रूपमा परिवर्तन हुनुपर्छ’ मनम यस्तै यस्तै कुरा खेल्दै थिए निन्द्राले राज गरेको थाहै पाइन ।
बिहेको केही दिनपछि उसको कलेज आउन जाने क्रम चल्न थाल्यो । मैले उसलाई प्रेम गरेँ तर म्यासेज गरिन । कुनै बेलाको घनिष्ट मित्र वा उसँगको प्रेमको साथ जीवनभर पाउन नसके पनि साथित्वको भावनाले पहिलेजस्तै बोल्न म्यासेज आदान प्रदान गर्न सकिन्थ्यो तर मलाई त्यसो गर्दा उसको सिउँदोको सिन्दुरले जिस्क्याएको जस्तो मात्रै भान हुन्थ्यो । मनमा फेरी यस्तो तरङ्ग आउँथ्यो म त पढ्नको लागि भनेर कलेज आएको छु । मनै हो कहिले कता कोल्टिन्थ्यो कहिले कता । फेरी कहिले उसको सिउँदो रङ्गिएको देखेर मलाई निकै औडाहा पनि हुन्थ्यो तर पछि बानी पर्दै गयो । एकहुल विद्यार्थी आएर उसको अगाडि बसे जसले गर्दा ऊ ओझेल परी । हो यसरी नै बिस्तारै मबाट ओझेल पर्दै गइ ।
आज हामी निकै टाढा छाँै ऊ पोखरातिर छ म काठमाडाँैंतिर । कक्षा १२ को पढाइ सकेपछि ऊ मेरो अगाडि र म उसको अगाडि परेको छैन । आज समयले हामीलाई निकै टाढा धकेलेको भए पनि म खुसी छु, मैले प्रेम नपाए पनि मैले प्रेमको अनुभव पाएँ । मैले प्रेमको स्वाद पाएँ र मलाई अपूरै भएपनि त्यो प्रेमले केही पाठ सिकाएर गएको छ । हातमा हात जोडेर ओठले ओठलाई चुम्बन गरेर हजार चोटी आइ लभ यु का शब्दले प्रहार गरेर धन र बिद्यासँग तौलिएको प्रेम पनि के प्रेम सायद उसले मसँग गरेको प्रेम त्यस्तै थियो । प्रेम होस् त एकतर्फी होस् जति नै पीडा भए पनि निस्वार्थ हुन्छ । दुईतर्फी प्रेममा केही न केही स्वार्थ लुकेको हुन्छ तर एकतर्फीमा कुनै स्वार्थ हुँदैन । भन्न त भन्नेहरूले एकातर्फी प्रेममा पनि आफूले कसैलाई पाउने स्वार्थ राखेरै प्रेम गरेको हुन्छ भनेर अथ्र्याउने गर्छन् । ्
आज आएर म भन्न सक्छु मैले उसलाई एकतर्फी प्रेम गरेँ । ऊ नै मेरो जीवनको पहिलो प्रेमिका थिई र म दावाका साथ भन्न सक्छु कि यो नै मेरो एकपक्षीय प्रेम पनि थियो र निस्वार्थको प्रेम पनि ।उसले रङ्गाएको सिउँदोमा अर्काको नाम जोडिएर आउला तर मेरो मनमा उसैको नाम छ ।
अहिले समाज निकै परिवर्तित छ । नियम कानुन फेरिएका छन् । बीस बर्ष भन्दा कम उमेरमा विबाह गर्दा बालबिवाहको कानुन लाग्छ तर उनको अठार बर्षमा विवाह हुँदा पनि कुनै नियमकानुनले रोक्न सकेन ।आखिर हाम्रो समाज जति नै शिक्षित भएपनि बालविवाह कत्ति पनि रोक्न सकेको छैन । यदि उसको लागि यो नियम तगारो बनिदिएको भए हामी जीवनका सहयात्री हुन पनि सक्थ्यौँ तर यो लेखेको नै हुन्छ र त्यही भोग्न पर्छ भन्ने मान्यतामा आधारित छ र हुन्छ पनि त्यस्तै जे लेखेको थियो भयो त्यही । उसको वालविवाहमा सबै मौन छन् ।
मैले निस्वार्थ प्रेम उसैलाई गरेँ तर मेरो प्रेमको महङ्खव बुझ्न सक्ने क्षमता उसमा देखिएन । उसले मलाई आफ्नो मन बाट निमिट्यान्न पार्ली वा नपार्ली तर मैले उसलाई पूर्ण रूपमा बिर्सन सक्छु भन्ने सोचेको छैन । त्यसैले त अझै पनि भन्न मन लाग्छ, “आई लभ यु रक्षा, यु आर माई फस्ट लभ” । मैले तिमीबाट बाँच्न सिकेँ, निस्स्वार्थ प्रेमको परिभाषा सिकेँ । म अझै पनि तिमीलाई मुटुको केन्द्रमा राख्न नसके पनि कतै कुनामा राखिरहेकै छु, प्रेम गरिरहेकै छु । तिमी जोसँग रङ्गिए पनि तिमीलाई कुनै दिन थाहा हुने नै छ मैले कस्तो प्रेम गर्दो रहेछु भनेर । ‘आइ मिस यु रक्षा, आइ लभ यु माई फस्र्ट लभ ।’