सिमलटार र गोल्फीनटारमा म्याजिक

जी. न्यौपाने हेटौंडा
६ असार २०७६ १०:०३

हेटौंडा ११, सिमलटार र गोल्फीनटारमा म्याजिक गाडी चल्न सुरुगरेपछि स्थानीयबासीहरुले सहजता महसुस गरेका छन् । असार १ गतेदेखि सिमल्टार, गोल्फिन्टार रुट पारेर चारवटा म्याजिक चल्न सुरु गरेको हो । पन्ध्रदेखि बीस मिनेट हिडेर मुख्य सडकसम्म आउँनुपर्ने बाध्यताबाट मुक्त भएको गोल्फिन्टारका गोविन्द हटुवालले बताए ।

आफ्नो टोलमै गाडी आएपछि बजार आवत जावत गर्न स्थानीयलाई सजिलो भएको गोल्फिनटार टोल विकास संस्थाका अध्यक्ष शेषराज रिमालको भनाई छ ।
अटो मात्र चल्ने ठाँउमा म्याजिक पनि थपिदाँ बजार आवतजावत गर्न सजिलो भएको सिमल्टारकी लक्ष्मी चित्रकारले बताईन् । गाँउमै म्याजिक आउँन थालेपछि सजिलो र समयको पनि बचत भएको स्थानिय बासिन्दाहरु बताउछन् ।