मकवानपुरका पीडित किसानलाई क्षतीपुर्ती
गुगलपाटी संवाददाता मकवानपुरआज बर्ड फ्लु रोग नियन्त्रण प्राविधिक समिति मकवानपुर र जिल्ला प्रशासन कार्यालय मकवानपुरको संयुक्त बैठकले पीडित किसानको नाउँमा पशुसेवा विभागबाट आएको क्षतिपुर्ती रकम सोमबारबाट बाढने गरि निर्णय गरेको छ ।
बर्ड फ्लुको कारण हेटौंडाको वडा नंबर ७, ८, १६ तथा १७ का गरि ६६ हजार ५ सय ४६ कुखुरा नष्ट गरिएको थियो । उक्त कुखुरा ५४ जना कृषकको रहको थियो । किसानले सबै क्षतिपुर्ती पाउनुपर्ने माग गरेपनि जम्मा ७५ प्रतिशत रकम मात्र प्राप्त गर्ने मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिएका छन् । सोमबारबाट प्रकृती जलाशय मत्स्य प्रवर्दन एवं संरक्षण केन्द्र मकवानपुरमार्फत् किसानलाई उक्त रकम वितरण गरिने जनाईएको छ । कृषकले एउटा कुखुराको ९ सय ४ रुपैँयाको दरले रकम माग गरेको भएपनि विभागले ६ सय ७५ रुपैँया पठाएको छ ।