कपडा सिलाई तथा व्यवसायीको मेची महाकाली अभियान सकियो
गुगलपाटी संवाददाताहेटौंडाः नेपाल कपडा तथा सिलाइ ब्यवसायी महासंघको मेची महाकाली अभियान सकिएको छ । महासंघले प्रशिक्षण तथा सन्देश सभा ७ वटै प्रदेशमा भएको हो । अभियान अन्र्तगत प्रदेश नम्बर १ को मोरङ, प्रदेश २ को महोत्तरी, प्रदेश ३ को सिन्धुली, प्रदेश ४ को पोखरा, प्रदेश ५ को बाँके, प्रदेश ६ को सुर्खेत र र प्रदेश ७ को कैलालीमा अभियान गरि सम्पन्न भएको हो । अभियानमा महासंघको काम कर्तव्य र अधिकारको विषयमा जागरण गराइएको महासंघले जनाएको छ ।