एम्बुलेन्स दुर्घटना हुँदा एकको मृत्यु

गुगलपाटी संवाददाता
८ असार २०७६ ०५:३७

रामेछाप जिल्लाको मन्थली नगरपालिकामा दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।

बिरामी लिन खुर्कोटबाट मन्थलीतर्फ जाँदै गरेको बा २ च ७५२५ नं को एम्बुलेन्स दुर्घटना हुँदा चालक नीरबहादुर श्रेष्ठको मृत्यु भएको हो । सिन्धुली खुर्कोटका २२ वर्षीय श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परि अर्का एक जना गम्भीर घाइते भएका छन् । सिन्धुलीका करिब १८ वर्षीय सुरज श्रेष्ठको अवस्था गम्भिर भएपछि अहिले सिन्धुलीबाट थप उपचारका लागी धुलिखेल अस्पताल लगिएको छ ।

एम्बुलेन्स नेपाल रेडक्रस सोसाइटी भिमेश्वर उपशाखा सिन्धुली भएको प्रहरीले बताएको छ।