विश्व बैंकको मापदण्डअनुसार घर नबन्दा ४२ अर्ब रोकियो

गुगलपाटी संवाददाता काठमाडौं
८ असार २०७६ ०७:०९

काम भएर नेपाल सरकारले खर्च गरिसक्दा पनि विदेशी दातृ निकायबाट रकम प्राप्त गर्नमा केही ढिलो हुँदा विदेशी मुद्राको सञ्चितिमा चाप परेका अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी गराएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै खतिवडाले शोधभर्नाको रकम आउन केही ढिला हुँदा त्यसको प्रभाव शोधानन्नतरमा देखिएको जानकारी दिए।

वैदेशिक ऋण र अनुदानमा सञ्चालित आयोजनामा नेपाल सरकारले खर्च गरिसक्दा पनि दातृ वा ऋणदाताबाट भुक्तानी नआउँदा केही समस्या देखिएको उनको भनाई छ।

औद्योगिक वस्तुको आयात बढ्दा व्यापार घाटा उच्च भएको र त्यसैका कारणले गर्दा वैदेशिक मुद्रा सञ्चिति न्यून हुँदै गएपनि त्यसलाई सहयोग गर्ने शोधभर्ना, वैदेशिक लगानी पनि सन्तोषजनक नहुँदा न्यून हुँदै गएको उनले जानकारी गराए।

भूकम्पछिको पुनर्निर्माणमा विश्वबैंकले दिने भनिएको ४२ अर्ब शोधभर्नामा समस्या आएको खतिवडाले जानकारी दिए।

विश्व बैंकको मापदण्डअनुसारका आवसा निर्माण नहुँदा शोधभर्ना हुन केही प्राविधिक समस्या देखिएको उनको भनाइ छ।