“क्लिन फिड”को प्रदेश ३ को संसदमा समर्थन
गुगलपाटी संवाददाताहेटौंडाः संघिय संसदमा विचाराधिन रहेको विज्ञापन विधेयकको ३ नम्बर प्रदेशमा समर्थन भएको छ । विवेकशीलका प्रदेश सभा सदस्य रमेश पौड्यालले समर्थन गरेका हुन् । उनले संघिय सरकारले उक्त विधयेक कानुनको रुपमा लागु गरे नेपाली कला, मौलिकता जोगाउन विज्ञापनबाट महत्वपुर्ण भुमिका खेल्ने भन्दै क्लिन फिड लागु गर्ने पर्नेमा जोड दिएका हुन् । तर उनले ३ नम्बर प्रदेशको बजेट मन्त्रीमुखी, माफियामुखी र ठेकेदारमुखीको आरोप लगाएका छन् । संसद पौड्यालले बजेट बतासे भएको भन्दै सरकार बजेटको अन्र्तविरोधमा अल्झेको आरोप लगाएका छन् ।