प्रदेश ३ को संसदमा पत्रकारलाई अवरोध

गुगलपाटी संवाददाता
१० असार २०७६ १५:०५

हेटौंडा : ३ नम्बर प्रदेश सभाको विनियोजन विधेयक माथि छलफल प्रारम्भमा नेपाली कांग्रेसले संसद अवरुद्ध गरे पछि पत्रकारहरुलाई प्रदेश सभाको फोटा् खिच्न रोक लगाइएको छ । संसद अवरुद्धको फोटो खिच्न वैठकहलमा पत्रकारलाई छिर्न नदिइएको हो । पत्रकारहरुले खिच्न पाउनुपर्ने भन्दै माग गरेपनि सभामुखको आदेशमा मर्यादापालकहरुले पत्रकारहरुलाई रोक लगाएका हुन् । संसद अवरुद्ध भएको फोटो खिच्न नपाईने भन्दै पत्रकारहरुलाई कलम डायरी मात्र लिएर संसद भित्र प्रवेश गर्न दिइएको थियो ।