युवा समितिले रोप्यो ३ सय फलफुलको विरुवा
गुगलपाटी संवाददाताहेटौंडा : जिल्ला युवा समिति मकवानपुरले ३ सय फलफुलको विरुवा रोपेको छ । जिल्ला युवा समिति मकवानपुरको आयोजना तथा राष्ट्रिय युवा परिषद्को सहयोगमा हेटौंडा उपमहानरपालिका ११ नवलपुरको निरोेग धाममा ३ सय विरुवा रोपेको हो ।
प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा आँप, लिच्ची, कटहर, जापनीज नास्पाती, बेल, रुद्राक्ष, रक्तचन्दन लगायतको विरुवा रोपेका थिए ।
कार्यक्रममा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक मुकेश कुमार सिं, सशस्त्र प्रहरी बलका प्रहरी उपरिक्षक श्याम कोइराला लगायतले विरुवा रोपेका थिए । कार्यक्रम जिल्ला युवा समिति मकवानपुरका प्रमुख सन्तोष चौलागाईको संयोजकत्वमा भएको हो ।