कृषि बजारको बजेट ससुराली जाने बाटोमा
गुगलपाटी संवाददाता झापाझापाको कचनकवल गाउँपालिकाले आधुनिक कृषि बजार निर्माणका लागि प्राप्त बजेट सडकमा ग्राभेल गर्न खर्च गरेको छ । तराई मधेस समृद्धि कार्यक्रम अन्तरगत संघीय सरकारबाट प्राप्त बजेट रकमान्तर गर्दै गाउँपालिकाले सडकमा खर्चेको हो ।
तराई मधेस समृद्धि कार्यक्रम अन्तरगतको बजेटले वडाबस्ती–पाठामारी सडकखण्डमा ग्राभेल हालिएको छ । संघीय सरकारबाट प्राप्त भएको रकम कच्चि सडकमा खर्च गर्न नपाइने प्रावधान भएपछि गाउँपालिकाले वडावस्ती पाठामारी सडकखण्डका लागि छुट्याएको रकम सिंहिमारी–बनियानी सडकमा खर्चेको हो । सो सडक पहिले नै बजेट बिनियोजन भएर ठेक्का प्रक्रियामा गएको थियो । उक्त ठेक्का वैसाखमा नै लागिसकेको गाउँपालिकाका सूचना अधिकारी केशव मैनालीले बताए । गाउँपालिकाले कागजमा मात्र योजना परिवर्तन गरेको हो । वडाबस्ती–पाठामारी सडक खण्ड गाउँपालिकाका अध्यक्ष अन्जरा आलमको घरबाट ससुराली जाने सडक हो । अध्यक्ष आलम वडाबस्तीबाट पाठामारी जानका लागि सडक स्तरोन्नती गरिएको बताउँछन् ।
तराई मधेस समृद्धि कार्यक्रम अन्तरगत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट कृषिबजार निर्माणको लागि उपलब्ध रकमले अध्यक्ष आलमले ससुराली जाने सडक निर्माण गरेका हुन् । आलमको घर कचनकबल ६ को वडाबस्तीमा पर्छ । उनको ससुराली घर पाठामारीमा छ । आलमले पाठामारी जाने सडकको फुलबारी खण्डसम्म त्यो रकम स्तरोन्नतीमा खर्चेका हुन् । रकमान्तरका लागि गत माघमा बसेको गाउँसभाले स्विकृति दिएको गाउँपालिकाको रेकर्डमा उल्लेख छ ।
प्रदेश सांसद बसन्त बानियाँ नेतृत्वको प्रस्ताव बमोजिम सरकारले एक करोड छुट्यायो । त्यसका लागि गाउँपालिकाले १० लाख रुपैंयाँ बजेट बिनियोजन ग¥यो । रकम बिनियोजनबारे असहमति राख्दै त्यस क्षेत्रका सांसद राजेन्द्र लिङदेनले खर्च गर्ने ठाँउ नभएको बताएका थिए । “१० लाख मागेको १ करोड दिइएछ, यो कार्यकर्ता पोस्नका लागि छुट्याएको हो, सांसद लिङदेनले गएको मंसीरमा बसेको संसद बैठकमा भनेका थिए, यो रकम कसरी गयो रु संघीयता बिरोधी म मात्र छु यहाँ भन्ने सोचेको थिएँ, मन्त्री पनि हुनुहुदाँे रहेछ, अब संगत गर्नुपर्ला ।” सांसद लिङदेनले बिनियोजित रकम फिर्ता नगरे अनसन बस्नेसम्मको चेतावनी संसदमा दिएका थिए । कचनकवलको बनियानि बजारमा कृषि बजार नहुदाँ स्थानीयले वर्षेनी समस्या झेल्दै आएका छन् । बर्खाको समयमा भने बाढीको कारण थप समस्या हुने स्थानीय व्यापारीको भनाई छ ।
स्थानीयका अनुसार बनियानी बजारमा सरकारी स्वामित्वको २२ कठ्ठा जमिन छ । त्यो ठाँउमा अहिले कृषि हाट लाग्दँै आएको छ । लगभग ५ कठठा जमिन अतिक्रमणमा परेको हुनसक्ने बजार समितिका संस्थापक अध्यक्ष देउमान बुढाथोकीको भनाई छ । उनले तीन कठ्ठा क्षेत्रफलमा आधुनिक भवन निर्माण गर्न सकिने भन्दै गाउँपालिकाले स्वार्थका कारण योजना परिवर्तन गरेको बताए । सांसद लिङदेनको इसारामा गाँउपालिकाले बजारको भविष्य अन्धकार बनाएको बुढाथोकीले बताए ।
कचनकबल गाउँपालिकाको अध्यक्ष आलम सांसद लिङदेनका स्थानीय कार्यकर्ता हुन् । उपाध्यक्ष सहित कार्यपालिकाको बहुमत राप्रपाको पक्षमा छ । लिङदेनको बिरोध पछि कार्यपालिकाले बैठक राखेर हतार गरेर रकमान्तर गर्ने निर्णय गरेको हो । “गाउँपालिकाको बैठकले रकम सडकमा खर्च गर्ने निर्णय गरियो, प्रमुख प्रशासकीय अधिकृत तुलराज थापा मगरले भने, “केन्द्रबाट आएको रकम कालो पत्रेमा मात्र खर्च गर्न मिल्ने प्रावधान भएको हुनाले त्यो रकमलाई बनियानी–सिंहीमारी सडक कालोपत्रे गर्न खर्च गर्न लागिएको छ ।” स्थानीय नारायण नेपालका अनुसार बनियानी–सिंगीमाडी सडकमा पहिले नै बजेट बिनियोजन भएर ठेक्का प्रक्रियामा गइसकेको भएपनि कागजमा मात्र रकमान्तर गरेर अध्यक्षले ससुराली जाने सडक बनाएका हुन् ।
गाँउपालिकाले सरकार र आन्तरिक स्रोतको १ करोड १० लाख रुपैयाँबाट २५ लाख रुपैयाँ खर्चेर बजारमा तीनवटा टहरा निर्माण गरेको छ । बाँकी ८५ लाख रुपैंयाँले वडागाउँ–पाठामारी सडकमा ग्राभेल गरेको बताएको छ । संघीय सरकारको प्रावधान अनुसार उक्त रकमले कच्ची सडक निर्माण गर्न मिल्दैन । उक्त प्रावधान थाहापाए पश्चात गाउँपालिकाले पहिले ठेक्का लागि सकेको सडकका रकम बिनियोजन गरेको देखाउँदै अध्यक्ष आलमको ससुराली जाने सडक स्तरोन्नती गरेको स्थानीयको आरोप छ । स्रोतः कारोबार