मकवानपुरका विप्लव युवा अध्यक्षलाई छोड्न माग

गुगलपाटी संवाददाता हेटौंडा
१२ असार २०७६ ०९:१४

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मकवानपुरका युवा अध्यक्ष रबि घिसिङलाई प्रहरीले पक्राउ गरेको प्रती पार्टी कमिटी मकवानपुरले भत्सर्ना गरेको छ ।
 
आज विप्लव मकवानपुरका जिल्ला सेक्रेटरी अनुरागले एक विज्ञप्ति जारी गर्दै आफ्ना नेता कार्यकर्तालाई बिना कारण पक्राउ गर्ने हत्या गर्न जस्तो कार्य प्रति भत्सर्ना गरेको छ ।
 
पक्राउ परेका घिसिङलाई तुरुन्तै छाड्न अपिल गरेका छ्न । पार्टी शान्ति पुर्वक राजनीति गर्दा समेत सरकारले जबर्जस्त हिम्सांत्मक र दोन्दमा धकेल्ने काम गरेको आरोप छ ।