स्थानियद्वारा ऋद्धि सिद्धि सिमेण्टमा तालाबन्दी, माग पूरा नगरेसम्म खुल्न नदिने
गुगलपाटी संवाददाताहेटौंडा: हेटौंडा उपमहानगरपालिका–१५ कमानेस्थित रहेको ऋद्धिसिद्धि सिमेण्ट उद्योगमा स्थानियद्वारा विहीबार तालाबन्दी गरेको छ ।
बुधबार राती स्थानियहरुको स्वास्थ्यमा खेलवाड गर्दै अत्याधिक धुवाँ धुलो फालिएको भन्दै उद्योग बन्द गराइएको स्थानिय रामबहादुर थिङले बताए । यस अघि पनि यसरी धुवाँ धुलो फालिएको र सहमतिपछि खुल्न दिएकोमा पुनः स्थानियबासीहरुको स्वास्थ्यमाथि उद्योगले खेलवाड गरिएको स्थानियको आरोप छ । उद्योग प्रशासनले पटक पटक प्रहरी लगाएर आफूहरुको न्यायोचित मागहरुमाथि दमन गर्न खोजिएको समेत उनीहरुले बताएका छन् । उद्योग निर्माण अघि स्थानिय सरोकार समिति र ऋद्धिसिद्धि सिमेण्ट उद्योगबीच भएको १६ बुँदे सहमति समेत कार्यान्वयन नभएको स्थानियको गुनासो छ । स्थानिय सरोकार समितिले समेत स्थानियले पटक पटक उठाउँदै आएका मागहरु प्रति बेवास्ता गर्दै आएको उनीहरुको आरोप छ । उद्योग बन्द भएको गुनासो आएपछि पुगेका १५ नम्बर वडाका वडाध्यक्ष महारत्न लामाले सम्बन्धीत पक्षसँग छलफलकालागि पहल भइरहेको बताएको छ ।
ऋिद्धिसिद्ध सिमेण्टले यस अघि स्थानियसँग गरिएको सहमतिहरुको पूर्ण पालनाको सुनिश्चितता नगरिएसम्म उद्योग खुल्न नदिने स्थानियको भनाई छ ।