विश्वकप छनोटको लागि नेपाली राष्ट्रिय टोली घोषणा

गुगलपाटी संवाददाता
१५ असार २०७६ ०७:२४

 

काठमाडौं : सिंगापुरमा हुने आईसीसी टी ट्वान्टी एसिया कपको लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । आइतबार काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै कप्तान पारस खड्काको कप्तानीमा १४ सदस्य टोली घोषणा भएको हो ।
कप्तान पारस खड्का,प्रशिक्षक उमेश पटवाल र आईसीसीका प्रतिनिधि अमिनुल इस्लामले टोली छनोट गरेका हुन् । घोषणा टोलीमा शरद भेषवाकरले कमब्याक गरेका छन् । युएईसँगको टुरमा गत माघमा शरद टोेलीमा थिएनन् । पछिल्लो एक वर्ष यता राष्ट्रिय टिमबाट नियमित खेल्दै आएका आरिफ शेख टोलीमा छैनन् । युएई टुरमा रहेका सन्दीप जोरा पनि यस टोलीमा अटेका छैनन् ।

आईसीसी टी ट्वान्टी एसिया छनोट आगमी जुलाई २०– २८ सम्म सिंगापुरमा हुने छ । प्रतियोगितामा नेपालसहित, सिंगापुर, कुवेत, मलेसिया र कतार रहेका छन् । प्रतियोगिताको विजेताले ग्लोबल छनोटको लागि प्रतिस्पर्धा हुने छ । एसियाकप छनोट अघि नेपालले मलेसियासँग जुलाई १३ र १४ मा दुई टी ट्वान्टी सिरिज खेल्ने कार्यक्रम छ । नेपाल जुलाई ९ मा मलेसिया जाने छ ।

नेपालको १४ सदस्य टोली
१ पारस खड्का (कप्तान)
२ ज्ञानेन्द्र मल्ल
३ शरद भेषवाकर
४ बसन्त रेग्मी
५ सोमपाल कामी
६ दिपेन्द्रसिंह ऐरी
७ प्रदीप ऐरी
८ सन्दीप लामिछाने
९ रोहित कुमार पौडेल
१० पवन सरार्फ
११ अभिनाष बोहोरा
१२ विनोद भण्डारी
१३ करण केसी
१४ ललित नारायण राजवंशी

बैकल्पीक खेलाडी:

कुशल भुर्तेल
जितेन्द्र मुखिया
आरिफ शेख
सुसन भारी
–हाम्रो खेलकुदको सहयोगबाट