विद्युतीय बसको लागि प्रदेश सरकारको ३० करोड
गुगलपाटी संवाददाता हेटौंडासार्वजनिक यातायातको प्रवर्द्धन र विद्युतीय बस खरिद तथा सञ्चालनका लागि प्रदेश सरकारले रकम हस्तान्तरण गरेको छ । साझा यातायातलाई प्रदेश ३ सरकारले ३० करोड रुपैयाँ हस्तान्तरण गरेको हो ।
प्रदेश ३ का अर्थमन्त्री कैलाशप्रसाद ढुङ्गेलले साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितलाई सोमबार ३० करोडकोृ चेक हस्तान्तरण गरे । कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलको पनि उपस्थिति थियो ।
ललितपुर महानगरपालिकाले पनि साझालाई २ करोड ५० लाख रकम प्रदान गरेको छ । प्रदेश र महानगरपालिकको सहयोगले साझाको यातायात सेवामा थप टेवा पुग्ने साझाका कार्यकारी सञ्चालक भूषण तुलाधरले बताए ।