नदीमा डुबेर २३ वर्षिय युवकको मृत्यु
गुगलपाटी संवाददाता दाङघोराही उपमहानगरपालिका वडा नं. १९ सैघा निवासी २३ वर्षीय शिवराज पुनको बबईमा नहुाउने क्रममा डुबेर मृत्यु भएको छ । बबई नदीमा पौडी खेल्ने क्रममा उनका मृत्यु भएको हो ।
घोराही ८ बेलारीस्थित बबई नदीमा नुहाउन भनि साथीहरूसँग गएका पुन आइतबार बेलुका ६ बजेतिर बबई नदीमा डुबेर बेपत्ता भएका थिए।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं डिएसपी विनोद विक्रम शाहका अनुसार उक्त खबर प्रहरीले सोमबार बिहान १० बजेमात्रै थाहा पाएको थियो । त्यसपछि प्रहरी निरीक्षक सन्तोष चन्दको नेतृत्वमा खटिएको १३ जना प्रहरी र स्थानीयको सहयोगमा खोजतलास गर्दा झन्डै २० मिटर गहिराइबाट पुनको शव विहान सवा ११ बजेतिर निकाल्न सफल भएको सूचना अधिकारी शाहले जानकारी दिए । पुनसँगै पौडी खेल्न गएका थप तीन जना उनका साथीहरू भने सकुशल रहेको प्रहरीले बताएको छ