प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत हेटौँडामा फुल रोपियो, पाए दुई सय महिलाले रोजगारी
गुगलपाटी संवाददाता हेटौंडाप्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत हेटौंडा उपमहानगरपालिकाले श्रमिकहरुलाई फूल रोप्न लगाइएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत आज हेटौंडा १ राप्तीपुल नजिकको खाली जग्गाको चारैतिर विभिन्न जातका फूलका बिरुवा रोपिएको हो । हेटौँडा उपमहानगरपालिकाका नगरप्रमुख हरिबहादुर महत, उपप्रमुख मिना कुमारी लामा, हेटौंडा १ का वडाअध्यक्ष सविन न्यौपाने लगायतद्वारा विभिन्न जातका फूलका बिरुवा रोपीएको हो ।
कामका लागि पारिश्रमिक कार्यक्रममा ४० जनालाई यस क्षेत्रमा मात्र पारिश्रमिक दिएर काम गरिएको हो । उनीहरुका लागि १५ दिनका लागि काम दिइने छ । हेटौंडाको राप्ती पुल सँगै हेटौंडा १२, १४, १ ५ र १८ नम्बर वडामा श्रमिकहरुले काम गर्दै आएका छन् ।
हेटौँडाभरीमा बेरोजगारको फारम भरेका २ सय जनाले असार मसान्त सम्ममा रोजगारी पाएका छन् । हेटौंडाका पाँच वडामा गरेर दुईसय बेरोजगार महिलाले रोजगारी पाएका हुन् । बेरोजगारीका कारण घरमै वस्न बाध्य भएका महिलाहरुले १५ दिनका लागि रोजगारी पाएका हुन् ।