९ महिनाको शिशुलाई करणी गरेको आरोपमा १४ वर्षिय बालक पक्राउ

गुगलपाटी संवाददाता सिरहा
१९ असार २०७६ ०९:३२

 नौ महिनाकी  शिशुलाईकरणी गरेको आरोपमा सिरहा प्रहरीले १४ वर्षीय बालकलाई समातेको छ । सिरहाको लहान नगरपालिका–२४ गोविन्दपुरमा अबोध शिशुलाई करणी गरेको आरोपमा प्रहरीले स्थानीयवासी १४ वर्षीय बालकलाई नियन्त्रणमा लिएको जनाएको हो ।

घटना घटेको दिन पीडित शिशुको घरका सदस्यहरू खेतमा काम गर्न गएका थिए । बालिकालाई घरमा एक्लै छाडेर आमा पनि खेतमा काम गर्ने घरका सदस्यलाई खाजा पु¥याउन गएको बेला बालकले अबोध बालिकामाथि यस्तो घटना घटाएको भन्दै बालिकाकी आमाले उजुरी दिएपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

स्थानीयवासीले समेत सूचना दिएका आधारमा बालकलाई प्रहरीले पक्राउ गरेको छ । शिशुको योनीबाट रक्तश्राब भएपछि स्वास्थ्य परीक्षणका लागि बाहिर पठाइएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक विजय यादवले जानकारी गराए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक यादवले बताए ।