टिकटकको करामत : बिछोडिएका पतिपत्नीबीच यसरी भयो पुनःमिलन

गुगलपाटी संवाददाता काठमाडौं
१९ असार २०७६ ११:३८

सामाजिक सञ्जाल टिकटकले ३ वर्षदेखि बेपत्ता भएका एक व्यक्तिलाई परिवारसँग पुनर्मिलन गराइदिएको छ । सन् २०१६ मा बेपत्ता भएका भारतीय नागरिक सुरेश तमिल नाडुको होसुर भन्ने सहरमा भटिएका हुन् । उनको घर तामिल नाडुकै भिल्लुपुरम जिल्लामा पर्छ । होसुर भिल्लुपुरमबाट करिब २०० किलोमिटर टाढा पर्छ ।
प्रहरीका अनुसार सुरेश सन् २०१६ मा घरबाट भागेका थिए । त्यसपछि उनी एक ट्रान्सजेन्डर महिलासँग सम्बन्ध रहेका थिए । उनका एक आफ्न्तले सुरेश होसुर भन्ने सहरमा ट्रान्सजेन्डर महिलासँग टिकटक भिडियोमा देखेपछि घरमा उनका पत्नीलाई खबर गरका थिए । अहिले सुरेश घर फर्किसकेका छन् । प्रहरीले आवश्यक परामर्श गरी पतिपत्नीबीच पुनर्मिलन गराइदिएको छ ।

‘हामीले जिल्लाको ट्रान्सजेन्डर संस्थासँग आवश्यक समन्वय गरी उक्त भिडियोमा देखिएकी ट्रान्सजेन्डर महिला पत्ता लगाउन सकेका थियौै,’ प्रहरीले भनको छ । सुरेश घरबाट बेपत्ता हुने बित्तिकै लगत्तै उनको पत्नीले प्रहरी चौकीमा उजुरी दिएकी थिइन् । सोही आधारमा खोजी गरिए पनि प्रहरी पत्ता लगाउन सकेको थिएन ।

तर टिकटकका प्रयोगकर्ता उनकै आफन्तले सुरेशलाई एक महिलासँग भिडियोमा रमाइरहेको फेला पारेका थिए । टिकटक एउटा यस्तो एप हो, जसमा भिडियो बनाइ सेयर गर्न सकिन्छ । यो एप अहिले युवापुस्ता माझ निकै लोकप्रिय छ । भारतमा मात्रै टिकटकका १२ करोड प्रयोगकर्ता रहेका छन् । एजेन्सी