विषालु च्याउ खाँदा मनहरीका ५ जना बिरामी
गुगलपाटी संवाददाता हेटौँडामकवानपुरको मनहरी विषालु च्याउँ खाँदा ५ जना बिरामी परेका छन् । बिरामी हुनेमा मनहरी गाउँपालिका वडा नम्बर ८ सिम्पानीका स्थानीय ७ बर्षीया अनिता बल, ९ बर्षीय महेश थोक्रा, साढे २ बर्षीया मनिसा थोक्रा, विनिता थोक्रा र कृष्णबहादुर थोक्रा रहेका गाउँपालिका अध्यक्ष एकराज उप्रेतिले जानकारी दिए ।
विहिबार बेलका विषालु च्याउँ खाई विरामी भएका उनीहरुको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भईरहेको छ ।
पछिल्लो समय मकवानपुरमा जंगलबाट ल्याएको च्याउ खाँदा बिरामी हुने क्रम बढेको छ ।