प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ स्थगित

गुगलपाटी संवाददाता काठमाडौं
२३ असार २०७६ ०६:५४

केहि समयअघिबाट सुरु भएको प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ स्थगित भएको छ । केहि समयको लागि स्थगित भएको बैठक दिउँसो ३ बजेदेखि बस्ने बताइएको छ । सरकारले गरेको सिफारिस प्रक्रिया समावेशी नभएको भन्ने उजुरी परेको थियो ।

सरकारले असार ४ गते अस्ट्रेलियाको राजदूतका लागि प्रस्तावित महेश दाहाल, कतारका लागि प्रस्तावित राजदूत नारद भारद्वाज, स्पेनका लागि प्रस्तावित राजदूत दावाफुटी शेर्पा र बङ्गलादेशका लागि प्रस्तावित राजदूत डा। वंशीधर मिश्रको सिफारिस गरेको थियो ।

सुनुवाइमा राजदूतमा सिफारिस गरिएका मध्य मिश्रको आंशिक सुनुवाई भएको जनाएको छ ।

कतारका लागि सिफारिस भएका राजदूत नारद र दावाफुटी सत्तारुढ दल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निकटका हुन् भने अष्ट्रेलियाका लागि सिफारिस महेश नेकपा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकटका हुन्। त्यस्तै बंगलादेशका लागि सिफारिस भएका डा। वंशीधर नेकपाका वरिष्ठ नेता माधव नेपाल निकटका हुन्।