पूजारीलाई इँटा हान्न खोज्ने प्रदेश २ का मन्त्री गृहनगरबाटै लखेटिए
गुगलपाटी संवाददाता राजविराजप्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहलाई गृहनगरबाटै सर्वसाधारणले लखेटेको खुलासा भएको छ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–३ पोर्ताहास्थित हनुमान मन्दिरका पूजारी राममनोहर दासलाई इँटाले हान्न खोजिएपछि मन्त्री साहलाई स्थानीयवासीले लखेटेको बताइएको छ। घटना गत बुधबार भएको हो।
प्रदेश २ सरकारको १० लाख रुपैयाँको लगानीमा सुरु भएको मन्दिरको छत ढलान र जिर्णोद्वाराको काममा कमसल सामग्री प्रयोग भएको गुनासो आएपछि मन्त्री साह र हनुमाननगर कंकालिनी नगरपालिकाका मेयर शैलेश साह ९मन्त्रीका छोरा० अनुगमनका लागि मन्दिरमा पुगका थिए।
पूजारी दासले काम गुणस्तरहीन भएको र बालुवा पनि कमसल प्रयोग गरेकाले काम रोक्न माग गरेका थिए। आफ्नै मान्छे उपभोक्ता समितिमा राखेर काम गराइरहेका मन्त्री साहले काम रोक्ने कुरा सुन्नासाथ पूजारीलाई अपशब्द प्रयोग गर्दै गाली गरेको र इँटा उठाएर हान्न खोजेको स्थानीय सन्जिव यादवले बताए।
मन्त्रीले नै पूजारीलाई इँटाले हान्न खोजेको जानकारीपछि भेला भएका स्थानीय युवाहरुले मन्त्रीलाई लखेटेको अर्का स्थानीय राहुल मण्डल बताउँछन्।
हनुमाननगर कंकालिनी नगरपालिका(३ का अध्यक्ष विजय यादवले पनि घटनाको पुष्टि गर्दै पुजारी र मन्त्रीको बीचमा भनाभन भएको बताए। मन्त्रीले इटा हानेको र स्थानीयले मन्त्रीलाई लखेटेको विषय भने आफूलाई जानकारी नभएको उनको भनाइ छ।
उनले मन्दिरमा भइरहेको कामका विषयमा समेत आफूलाई जानकारी नभएको गुनासो गरे। ‘काम भइरहेको ठाउँमा सूचना बोर्ड पनि छैन, उपभोक्ता समितिमा को(को छन् भन्ने पनि जानकारीमा छैन,’ उनले भने, ‘जाँदा(आउँदा देखिन्छ, तर त्यसको बारेमा मलाई केही पनि जानकारी छैन।’
हनुमाननगर कंकालिनी नगरपालिकाका मेयर शैलेश साह भने मन्दिरको काम गुणस्तरहीन भएको र उपभोक्ता समितिमा नराखेको विषयमा कुरा उठाएपछि पूजारीसँग मन्त्री शाहको सामान्य विवाद भएको जिकिर गरे। मन्त्रीलाई लखेटेको विषय उनले अस्विकार गरे। सोत : नेपाललाईभ