तालिवानको नियन्त्रणबाट ४० प्रहरी मुक्त
गुगलपाटी संवाददाता अफगानिस्तानअफगानिस्तानमा सशस्त्र हिंसा मच्चाइरहेको तालिवान लडाकू समूहले आफ्नो नियन्त्रणमा राखेका करिब ४० जना अफगान सुरक्षाकर्मीलाई सोमबार मुक्त गरिदिएका छन् ।
सुरक्षाकर्मीलाई नियन्त्रणमुक्त गर्ने तयारी उनीहरुले बिहान गरेको र अहिले मुक्त भएपछि उक्त क्षेत्रको सैनिक क्याम्पमा पुगेको जानकारी अफगानिस्तानको उत्तरी प्रान्त जवाजानका सैनिक प्रवक्ताले दिएका छन् ।
गत हप्तामात्र अफगानिस्तानका तालिवानले ४२ जना सुरक्षाकर्मी मुक्त गरिदिएका थिए । उनीहरुलाई पनि सोही प्रान्तबाट नै मुक्त गरेको थियो । उक्त प्रान्तको क्वास तेपा जिल्ला केही महिनाअघि तालिवानहरूले कब्जा गरेका थिए । त्यस क्रममा उनीहरुले ९० जना प्रहरीलाई आफ्नो नियन्त्रणमा राखेका थिए ।
आइतबार तालिबान र अफगानिस्तानको सरकारका प्रतिनिधिहरुबीच भेटवार्ता भएको थियो । त्यस वार्ताका क्रममा भएको सहमतिबमोजिम ती सुरक्षाकर्मीलाई नियन्त्रण मुक्त गरिएको हुनसक्ने अनुमान गरिएको छ ।
अफगानिस्तान सरकारले पनि केही महिना अघि करिब ९०० तालिवानलाई मुक्त गरिदिने घोषणा गरेको थियो । हाल अफगानिस्तान सरकार र तालिवानबीच शान्तिवार्ता चलिरहेको छ । शान्ति वार्ताको अघि भएका यी नियन्त्रण मुक्तिका समाचारहरूलाई एक सकारात्मक सन्देशका रुपमा लिन सकिन्छ ।