माफी माग्दै मन्त्री यादवले भने(सन्तोष मिल्छ भने थप्पड हान्नुस्
गुगलपाटी संवाददाता काठमाडौंउद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले पूर्वाधार भए नभएको नहेरी भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने निर्णय गरेको भन्दै माफी मागेका छन् । उनले सचिवहरुले आफूलाई डुबाएको आरोप समेत लगाए ।
सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री यादवले भने, ‘प्रधानमन्त्री कार्यालय, कृषि र आफ्नै मन्त्रालयका चार सचिवले मलाई डुबाए, निर्णय गर्ने बेला मलाई गुमराहमा राखे ।’
यद्यपि प्रधानमन्त्री वा अरु कसैको पत्र वा दबावमा निर्णय फिर्ता नलिएको उनको स्पष्टीकरण छ ।
मन्त्री यादवले पूर्वाधार नभई निर्णय गर्नु आफ्नो गल्ती भएको भन्दै माफी मागे । ‘सचिवहरुले मलाई भन्दै भनेनन् । पूर्वाधार नभइ निर्णय गर्नु मेरो गल्ती थियो । सबै जिम्मा म लिन्छु’ उनले भने, ‘म जनतालाई विषादी खान दिने छैन । अहिलेलाई गल्ती भयो । माफी माग्छु । अब मलाई थप्पड हानेर तपाईंहरुलाई सन्तोष मिल्छ भने हान्नुस् ।’ स्रोत : अनलाईनखबर