गृहमन्त्री थापालाई सांसदको याखर्याख
गुगलपाटी संवाददाता काठमाडौँसर्लाहीको ईश्वरपुर नगरपालिकामा खोल्डोमा पानी जमेर बनेको पोखरीमा डुबेर ११ वर्षका बालक अमित रायको मृत्यु भयो । ढुंगागिट्टी उत्खनन् गर्दा बनेको खाल्डोमा डुबेर बालकको मृत्यु भएपछि स्थानीयले असार १५ गते विरोध प्रदर्शन गरेका थिए । त्यसमा प्रहरी दमन भएको विषयमा संसदको मंगलबारको बैठकमा सांसदले जवाफ मागे ।
गृहमन्त्री रामबहादुर थापा बादलले प्रहरीमाथि आक्रमण भएको र हवाई फायर गर्दा सरोज सिंहको मृत्यु भएको बताए । हवाई फायर गरिए पनि प्रदर्शनकारी माथि रहेकाले सिंहलाई गोली लागेको गृहमन्त्री थापाले दाबी गरे ।
उनले भने, ‘नगरपालिकाले बनाएको खाल्डो पुर्न दिइएन । त्यहि खाल्डो पोखरी बन्यो । पछि हत्या भयो भनेर प्रदर्शन भयो, प्रहरीमाथि आक्रमण भयो । त्यसलाई नियन्त्रणमा लिन अश्रु ग्यास हानिएको हो । हावाई फायर गरिएको हो । तर हवाई फायरकै गोली लागेर सरोज सिंहको मृत्यु भयो ।’
उनले अघि भने, ‘छानबिनका लागि समिति गठन भएको छ। प्रतिवेदन आउँछ । मृतकका परिवारलाई आर्थिक सहायता गरिने छ ।’
गृहमन्त्रीको जवाफमा सांसदहरुले उल्टै प्रश्न गरे । उनीहरुले मन्त्रीको जवाफ सत्यतथ्यमा आधारित नरहेको बताए ।
सांसद भरत शाहले मन्त्रीको जवाफमा प्रश्न गर्दै भने, ‘गृहमन्त्रीको जवाफ सत्यतथ्यमा आधारित छैन । छानबिनका लागि संसदीय समिति बनाउन तयार हो रु’ सांसद उमा रेग्मीले पनि मन्त्रीको जवाफ चित्त बुझ्ने खालको नरहेको बताइन् । उनले प्रश्न गरिन्, ‘संसदीय समिति छानबिन समितिमा गठन गर्ने हो कि होइन ? सत्यथ्य बाहिर आउने हो कि होइन रु’
यस्तै सांसद प्रमोद शाहले राज्यले खाल्डो खनेर सर्वसाधारणको हत्या गरेको आरोप लगाए । उनले भने, ‘कामका लागि खाल्डो खनिएको होइन । राज्यले खनेको खाल्डो किन खनियो ?’
सांसद डिला संग्रौलाले गृहमन्त्रीको जवाफ झुठको पुलिन्दा जस्तो रहेको बताइन् । सांसद मीनबहादुर विश्वकर्माले भने, ‘हत्याको छानबिन गर्न हत्यारालाई दियो भने मृतकमा नै दोषी ठहरिन्छ । सरकार उत्तरदायी भएन ।’
सांसद राजकिशोर यादवले गृहमन्त्रीको भनाइ बनीबनाउन र कर्मचारीको लेखाइ मात्र रहेको बताए । उनले भने, ‘हवाई फायरमा कसरी टाउकोमा गोली लाग्यो रु संसदमा बोल्दा पदको ख्याल गरौं ।’
सांसद पुष्पा भुसालले सरकारले अवैध खानी चलाउन दिएका कारण त्यसकै लागि खनिएको खाल्डोमा परेर नागरिकको ज्यान गएको बताइन् । उनले ‘पोखरीको नाम के हो रु’ भनेर प्रश्न गरिन् ।
सांसदहरुले आफ्नो जवाफमा प्रश्नहरुको वर्षा गरेपछि गृहमन्त्री थापाले पुनः जवाफ दिए । आफूले गृह मन्त्रालयमा प्राप्त जानकारी संसदमा बताएका भने ।
उनले भने, ‘सरकारले दिएको जानकारी सही छ कि छैन भन्ने प्रश्न उठ्यो । लोकतन्त्र र कानूनी शासनको प्रत्याभूति दिन लाग्दा भएका घटना भएको हो । जनताको जीउ धनको सुरक्षा गर्न खोज्दा भएका घटना हो सर्लाहीमा ।’ स्रोत : देशसञ्चार