सर्लाहीको गोली काण्डलाई लिएर संसदमा अवरोध
गुगलपाटी संवाददाता काठमाडौंप्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका दलले सर्लाहीमा भएको गोली काण्डलाई लिएर संसदमा अवरोध गरेका छन् ।
प्रहरीको गोली लागि लालबन्दीमा विप्लवका जिल्ला इन्चार्ज र इश्वरपुरमा एक जना युवकको मृत्यु भएको घटनालाई लिएर प्रतिपक्षी दलले सदनमा अवरोध गरेका हुन् ।
उक्त दुई हत्या घटनाहरुलाई राज्य आतंकको संज्ञा दिँदै नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले संसदीय समिति बनाउन माग गरेका छन् ।
विप्लवका जिल्ला ईन्चार्ज पौडेलको हात भाँचेर गोली हानिएको भन्दै हात भाँचेको मान्छेले कसरी गोली हान्छ रु भनी प्रश्न गर्दै निर्ममतापूर्वक जनताको हत्या गर्दै लोकतन्त्र रक्षाको लागि गोली चलाईएको भनिएकोप्रति आक्रोश पोखे ।
बैठकमा सत्तारुढ दलका सांसद खगराज अधिकारीले गृहमन्त्रीले दुबै घटनाको बारेमा जवाफ दिइसकेको अवस्थामा संसद अवरोध गरेर प्रतिपक्षीले गैर संसदीय चरित्र देखाएको आरोप लगाए । प्रतिपक्षी दलको अवरोधपछि सभामुख कृष्णबहादुर महराले बैठक १५ मिनेटमा लागि स्थगित गरेका छन् ।