करेन्ट लागेर दुईजनाको मृत्यु

गुगलपाटी संवाददाता विराटनगर
२५ असार २०७६ १०:३८

मोरङ र सुनसरीमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । मोरङको रंगेली नगरपालिका ५ आपगाछीमा ढलेको बिजुलीको खम्बाबाट तारमा प्रवाह भएको करेन्ट लाग्दा स्थानीय १२ वर्षीय प्रमोद ऋषिदेवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी सुनसरीको धरानमा रेडियो बजाउनका लागि बिजुलीको प्लकमा तार जोड्न खोज्दा करेन्ट लागेर स्थानीय ६७ वर्षीय बिर्खबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।