बाढी पहिरोबाट विभिन्न क्षेत्रका १५ सडक अवरुद्ध (सूचीसहित)

गुगलपाटी संवाददाता काठमाडौं
२९ असार २०७६ ०५:४५

अविरल वर्षाका कारण आएको बाढी पहिरोबाट देशका विभिन्न स्थानका सडक अवरुद्ध भएको छ ।
प्रहरीले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जनाएको छ । अवरुद्ध सडकको सूची यसप्रकार छः
२७ गते १५ः३० बजेबाट मुस्ताङ थासाङ गा।पा।४ घोप्टेभिरमा कालीगण्डकी नदीको पानीको बहाव पढी बेनी जोमसोङ जाने सडक अवरोध
२७ गते ०६ः०० बजेबाट नासो गा.पा.१ म्यादीखोलामा पानीको बहाव बढी बेसिसहर मनाढ सडक अवरोध
२७ गते १४:०० बजेबाट खोटाङ न.पा.१४ धुर्मी कटारी सडक खण्डको भदौरे खोलामा बाढी आई अवरोध
२८गते १५:०० बजेबाट साउनेबाट फोक्सिनटार जाने सडक अवरोध
२७ गते १४:०० बजेबाट मानेभज्याङ गा.पा.७ सिद्दिचरण राजमार्ग बाढिले अवरोध
२७ गते ०५:०० बजेबाट भट्टेडाडा आग्राङ टुङगुन जाने शान्ति लोकपथ हेटौडा जाने सडक खण्ड अवरोध
२६ गते ०८:४० बजेबाट ईन्द्रसरोबर गा.पा.५ महालक्ष्मीखोला नजिक पहिरो आई फाखेल हुदै काठमाण्डौं आउने सडक खण्ड अवरोध
२७ गते १४:०० बजेबाट ईन्द्रसरोबर गा.पा.२ र ३ स्थित सिस्नेरी फर्पिङ जाने सडक खण्डा अवरोध ।
२८ गते १४:०० बजेबाट मन्थली न.पा.६ सेलेघाट भन्ने स्थानमा पहिरो आई मन्थलीबाट काठमाण्डौं आउने सडक खण्ड अवरोध
२८ गते ०५:०० बजेबाट भोजपुर न.पा. १० स्थित गजुरमुखी भिरमा पहिरो गई भोजपुर धनकुटा सडक खण्ड अवरोध
२८ गते १३:०० बजेबाट पाख्रिबास न.पा. ५ स्थित हिले भोजपुर सडक खण्ड पहिरो गई अवरोध
२८ गते १४:०० बजेबाट चपुरबाट गौर सडक खण्ड अवरोध
२८ गते १३:०० बजे जनकपुरबाट जलेश्वर जाने सडकखण्ड अवरोध
२८ गते १५:०० बजेबाट तिनाउ गा.पा.३ सिद्धबाबा नजिक पहिरो गई सिदार्थ राजमार्ग अवरोध
२८ गते २०:३० बजेबाट सुभकालिका गा.पा-१ स्थित गगने खोलामा पहिरो खसी सुर्खेत-कालिकोट-जुम्ला जोड्ने कर्णाली राजमार्ग अबरोध । स्रोत : रातोपाटी