लुटको योजना बनाउँदा-बनाउँदै लुटेरा ग्याङ पक्राउ परेपछि

गुगलपाटी संवाददाता काठमाडौं
३० असार २०७६ ०८:४१

प्रहरीलाई आइतबार एउटा सूचना आयो-‘काठमाडौंका सुन पसल लुट्ने योजना बन्दैछ।’

सूचना भरपर्दो भएपछि महानगरीय प्रहरी कार्यालय, रानीपोखरी र महानगरीय प्रहरी अपराध महाशाखाको संयुक्त टोलीले शंकास्पद व्यक्तिमाथि निगरानी बढाए। प्रहरीले उनीहरुलाई सुक्ष्मरुपमा निगरानी गरिरहेकै थियो। सोही क्रममा उनीहरु काठमाडौं मित्रनगरस्थित एक गेष्ट हाउसमा बसेको प्रहरीले पत्ता लगायो।

ुमेड इन इटालीु लेखेको पेस्तोल र त्यसको ५ राउन्ड गोली लिएर सुन पसलेलाई आतंकित पार्दै लुट्ने योजना बनाएका ३ जनाको समूह नेपाल तारा गेष्ट हाउसमा बसेका थिए। प्रहरीले गेष्ट हाउसबाट तीनै जना नुवाकोटको लिखु गाउँपालिका–४ का २९ वर्षीय प्रितम राई, सोही स्थानका ३७ वर्षीय रामकुमार राई र भारत दार्जिलिङ घर भएका ३६ वर्षीय सविन खवासलाई पक्राउ गर्‍यो।

उनीहरुका साथबाट प्रहरीले पेस्तोल, ५ राउन्ड गोली, २ वटा मोटरसाइकल ९बा६७प २६६६ र बा९९प १३०३०समेत बरामद गर्‍यो।

उनीहरु पक्राउ परेपछि ठूलो लुटपाटको योजना विफल भएको महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए।

पक्राउ परेका सविन २०७३ फागुन १९ गते नुवाकोटको हाङफेदी–७ बस्ने मनदोर्जे तामाङलाई अपहरण गरी शरीर बन्धक बनाएको मुद्दामा हतियारसहित पक्राउ परेका थिए। सजाय भुक्तान गरी उनी गत मंसिर ४ गते डिल्लीबजार कारागारबाट छुटेका थिए।

कारागारबाट छुटे पनि उनले लुट्न थालेको प्रहरी अनुसन्धानबाट खुलेको छ। ४र५ महिनाअघि सविनको नुवाकोटका प्रितम राई र रामकुमार राईको ठेक्कापट्टा गर्ने क्रममा चिनजान भएको थियो।

प्रितम भने गत मंसिरमै नुवाकोटमा ज्यान मार्ने उद्योगमा पक्राउ परेका व्यक्ति भएको प्रहरीले जनाएको छ। रामकुमार राई पनि सार्वजनिक अपराधमा पक्राउ परेका व्यक्ति हुन्।

सविनले मोटो रकम आउने काम छ भनि प्रितम र रामकुमारलाई हतियार लिएर नुवाकोटबाट काठमाडौं आउन भनेका थिए। सोही अनुसार उनीहरु हतियार लिएर काठमाडौं आएको अनुसन्धानबाट खुलेको छ।

त्यसपछि उनीहरुको असार २९ गते बिहान करिब ११ बजे काठमाडौंको टोखामा भेट भएको थियो। भेटमा उनीहरुले सुन पसल लुट्ने योजना बनाएका थिए। त्यसपछि रामकुमारले आफूसँग भएको हतियार सविनलाई दिएका थिए।

दिउँसो २ बजे चक्रपथस्थित एक क्याफेमा बसेका उनीहरुले पुनः लुटपाटको योजनाका विषयमै छलफल गरेका थिए।

लुटकै योजना बनाएर बसिरहेको बेला प्रहरीले उनीहरुलाई आइतबार साँझ गोंगबुस्थित गेष्ट हाउसबाट पक्राउ गरेको हो।