गैरकानुनी बसिरहेका पाँच श्रीलंकनलाई निष्काशन गर्ने सरकारको निर्णय

गुगलपाटी संवाददाता काठमाडौं
२ श्रावण २०७६ ११:२९

नेपाल सरकारले गैरकानुनी रूपमा नेपाल बसिरहेका पाँच श्रीलंकनलाई निष्काशन गर्ने सरकारको निर्णय गरेको छ।

सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै गैरकानुनी रूपमा नेपाल बसिरहेका पाँच जना श्रीलंकन नागरिकलाई निष्काशन गरिएको जानकारी दिए।

सरकारले पाँच जना श्रीलंकन नागरिकको जरिवाना र भिसा शुल्क मिनाहा गर्ने निर्णय गरेको छ।

‘गैरकानुनी रूपमा नेपाल बसिराखेका पाँच जना श्रीलंकन नागरिकहरूको दुई लाख ५० हजार रुपैयाँ जरिवाना र ३७ हजार ३ सय ८० अमेरिकी डलर भिसा शुल्क मिनाहा गरी निष्काशन गर्ने निर्णय गरिएको छ,’ उनले भने।