कांग्रेसका बरिष्ठ नेता पौडेल सोमबार हेटौंडा आउँदै

गुगलपाटी संवाददाता हेटौंडा
३ श्रावण २०७६ १२:०८

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल सोमबार हेटौंडा आउने भएका छन् ।

जननायक वी.पी. कोईरालाको ३७ औं स्मृतिदिवसमा हुने एक कार्यक्रमको लागि वरिष्ठ नेता पौडेल हेटौंडा आउन लागेको कांग्रेस मकवानपुरले जानकारी दिएको छ ।

मकवानपुर कांग्रेसले ३७ औं वी.पी. स्मृतिदिवस साताब्यापी विविध कार्यक्रम गरी मनाउने क्रममा ६ गते कांग्रेस मकवानपुर र वी।पी। फाउण्डेशन काठमाडौंको संयुक्त आयोजनामा हुने विचार गोष्ठीमा भाग लिन पौडेल हेटौंडा आउन लागेको मकवानपुर कांग्रेसका एक नेताले हेटौंडा टाईम्सलाई जानकारी दिए ।

हेटौंडाको होटल सामनामा हुने विचार गोष्ठीमा वरिष्ठ नेता पौडेलले वी।पी।को जीवनी र समग्र कांग्रेसको भावी राजनीतिक विषयवस्तुवारे विचार व्यक्त गर्दै कार्यकर्ताले राखेको प्रश्नको उत्तर दिने कार्यक्रम रहेको बताइएको छ ।