कमानेमै उत्पादन भो बिदेशी सामान
गुगलपाटी संवाददाता मकवानपुर,२० बैशाखहेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ८ कमानेमा नै बिदेशमा बन्ने सामानहरुको उत्पादन शुरु भएको छ ।
ऋद्धिसिद्धी कस्मास्यूटिकल्सको नाउँबाट अहिले बिभिन्न सामानहरुको उत्पादन शुरु भएको हो । खासगरी सुगन्धित फिनाइल,ट्याइलेट क्वीनल,भांडा माझ्ने झोल,हात धुने झोल लगायत एयर फ्रेसनरको उत्पादन शुरु भएको ऋद्धिसिद्धी कस्मास्यूटिकल्सका संचालक हृदयराज गौतमले जानकारी दिए ।
उनले हालसम्म नेपालमा यस्ता सामानहरको आधाकारिक रुपमा उत्पादन हुने नगरेको र आफूले शुरु गरेको दाबी गरे । उनले प्रदेश नम्बर ३का सबै शहरहरुमा आफ्नो उत्पादन पु¥याउने लक्ष्य रहेको पनि जानकारी दिएका छन् । मेडिकेटेड सैम्फू,टुथपेष्ट एवम् सौन्दर्यका सामानहरुको पनि परिक्षण उत्पादन भइरहेको उनले बताए ।