प्रदेश सरकारका मन्त्रीहरुले के के पाए जिम्मेवारी ?

गुगलपाटी संवाददाता
५ श्रावण २०७६ १३:४२

हेटौंडा : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ७७ भूगोल जिल्ला कमिटी र ६ महानगर जिल्ला इन्चार्जको आज टुंगो लगाएको छ । यो टुङ्गो लगाए सँगै प्रदेश ३ का मन्त्रीहरुले पनि विभिन्न जिम्मेवारी पाएका छन् ।
प्रदेश ३ सरकारका ३ मन्त्रीहरु नेकपाका जिल्ला सह–इन्चार्ज भएका छन् । मुख्यमन्त्री डोरमणि पौडेल र भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा बाहेक सबै मन्त्रीले जिल्ला इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी पाएका हुन् ।
प्रदेश ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमरकट्टेल धादिङको इन्चार्ज बनेका छन् । यस्तै आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल रामेछापको सह–इन्चार्ज बनेका छन् । उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपाल र सामाजिक विकासमन्त्री युवराज दुलाल एउटै जिल्लाका सह–इन्चार्ज बनेका हुन् । मन्त्रीद्वय सिन्धुपाल्चोकका सहइन्चार्ज बनेका हुन् ।