मन्दिरको छत खस्दा दुई मजदुरको मृत्यु
गुगलपाटी संवाददाता विराटनगरपाँचथरको हिलिहाङ गाँउपालिकामा निर्माणाधीन मन्दिरको छत खस्दा दुई मजदुरको मृत्यु भएको छ । यलम्बर पार्कभित्र निर्माण भइरहेको मन्दिरको छतको सटिङ खोल्ने क्रममा छत झर्दा सोही स्थानका ५० वर्षीय जगत राई र ५१ वर्षीय रूद्र राईको सोमबार बिहान मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार, दुवै जना पार्क निर्माण कार्यमा संलग्न मजदुर हुन् ।
मृतकको शव शव निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ । पार्क हिलिहाङ गाउँपालिकाले बनाउन लागेको हो । यसको निर्माण कार्य भइरहेको छ ।