प्रदेश तीनका मन्त्री नेपालद्वारा सह-इन्चार्ज पदको अस्विकार

गुगलपाटी संवाददाता हेटौंडा
६ श्रावण २०७६ ०७:३१

प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरूण नेपालले नेकपा सिन्धुपाल्चोक जिल्ला सह-इन्चार्ज पद अस्वीकार गरेका छन्। पार्टीले नीतिको पालना नगरी जिल्ला इन्चार्ज, सहइन्चार्ज तोकेको आरोप लगाउँदै विगतमा जिल्लाको इन्चार्ज नै नरहेको व्यक्तिलाई सहइन्चार्ज बनाइएको भन्दै असन्तुष्टि जनाएका हुन्। पद अस्वीकार गरेको पत्र दुईदिन भित्रमा नेकपाको केन्द्रीय पार्टी कार्यालयमा दर्ता गराउने हुनुभएको छ । बषौदेखि माथील्ला पदमा बसेर काम गरेको र अहिले आफुलाई नसोधीकन जिल्ला पार्टीको सहइञ्चार्ज बनाइएको भन्दे उहाँले पद अस्वीकार गरेको पत्र पार्टीमा दर्ता गराउने जानकारी दिनुभयो ।

अरु जिल्ला इन्चार्ज र सहइन्चार्ज तोकिएकाहरुलाई सोधेर मात्र पद दिएको बताउँदै उहाँले भन्नुयो–सबै साथीहरुलाई इन्चार्ज र सहइन्चार्ज पदमा बस्नेकी नबस्ने भनेर सोधिएको रैछ । तर, मलाई सोध्दै नसोधीकन सह भइन्चार्ज बनाइएछ । त्यसैले पद अस्वीकार गरेको हुँ ।’ आफु सहइन्चार्ज पदमा नवस्ने भनेर पार्टीका महाँसचिव बिष्णु पौडेललाई जानकारी गराइसकेको मन्त्री नेपालले बताउनुभयो ।

 सिन्धुपाल्चोकको सहइन्चार्ज तोक्दा यो नीतिलाई मानेको देखिएन, नेपालले सामाजिक सञ्जालमा भन्नुभएको छ । उहाँले भन्नुभयो–‘म नेकपा एमालेको नवौँ महाधिवेशन भन्दा पहिले पोलिटब्युरोको वैकल्पिक सदस्य, वागमती अञ्चल कमिटीको सहइन्चार्ज र सिन्धुपाल्चोक जिल्लाको इन्चार्ज थिएँ ।’

आफुले पार्टीको नवौँ महाधिवेशनपछि पोलिटब्युरो सदस्य र बाग्मती अञ्चल कमिटी इन्चार्ज भएर काम गरेको स्मरण गराउँदै जिल्ला सहइन्चार्ज तोकेर आफ्नो अवमूल्यन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो–संघीय संचना बनेपछि म तीन नम्बर प्रदेश कमिटिको सचिवालयको सदस्यमा रहे ।

नेकपाले सिन्धुपाल्चोकमा तीनजना सह–इन्चार्ज तोकेको थियो । अरूण नेपालले सह–इन्चार्ज अस्वीकार गरेसँगै सिन्धुपाल्चकको नेकपा नेतृत्वमा एकै परिवारका तीन नेता रहने भएका छन् । जिल्ला इन्चार्जमा नेकपा नेता अग्नि सापकोटाका भाइ भाइ कृष्ण सापकोटा छन् । उता सह–इन्चार्जमा अग्निकै भतिजा माधव सापकोटा तोकिएका छन् । अर्का सह–इन्चार्ज युवराज दुलाल अग्नि सापकोटाकै भाञ्जा हुन् ।

पार्टीको निणय प्रतिको असन्तुष्टी हिजोनै मन्त्री नेपालले सामाजिक सञ्जाल फेसबुक मार्फत यसरी राखिसक्नुभएको छ ।