मातहतका कमिटीहरुलाई मकवानपुरको अनेरास्ववियुको कडा निर्देशन
गुगलपाटी संवाददाता हेटौंडामकवानपुरमा पुर्व एमाले निकट अनेरास्ववियु तथा माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी) विद्यार्थी युनियनले आफु मातहतका कमिटिहरुलाई अब संगठनको कुनै पनि ब्यानर लगायत छाप प्रयोग नगर्न निर्देशन दिएको छ ।
सोमबार अनेरास्ववियु मकवानपुरका संयोजक किसन घिसिङ र क्रान्तिकारी अध्यक्ष दिनेश सुवेदीले संयुक्त विज्ञप्ति निकाल्दै केन्द्रीय तहमा समेत एकिकरण प्रक्रिया भएर जिल्ला तहमा समेत प्रक्रियामा रहेकोले जिल्ला मातहतको तहहरुमा छुट्टा-छुटै छाप प्रयोग गर्दा एकताको भावनालाई ठेस पुग्ने भन्दै संयुक्त बिज्ञप्ती मार्फत त्यस्तो कार्य नगर्न निर्देशन दिईएको छ ।