कतार कुवेतसँग पराजित, नेपाल चौथो स्थानमा
गुगलपाटी संवाददाता काठमाडौंसिंगापुरमा जारी आईसीसी टि–ट्वान्टी विश्वकप अन्तर्गत एसिया छनोटमा कतार कुवेतसँग पराजित भएको छ । आज भएको खेलमा कतार कुवेतसँग १० रनले पराजित भएको हो ।
कतार पराजित भएसँगै नेपाललाई केही फाइदा भएको छ । नेपालले अब कुवेत र सिंगापुरमाथि जित निकालेसँगै मलेसिया सिंगापुरसँग पराजित भए ग्लोबल क्वालिफायरमा स्थान बनाउने छ ।
इन्डियन एसोेसिसन ग्राउन्डमा १ सय ९८ रनको लक्ष्य पछ्याएको कतार निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८७ रनमा समेटिएपछि कुवेत विजयी भएको हो । कुवेतको जितमा अदनान आर्डिसले अर्धशतकीय पारी खेलेका थिए ।
अहिले अर्को खेलमा सिंगापुर र मलेसियाबीच प्रतिस्पर्धा भइरहेको छ । टस जितेर मलेशियाले ब्याटिङ गरिरहेको छ ।