आफ्नो नाममा राजनीति नगर्न मकवानपुर क्याम्पसका विद्यार्थीको आग्रह
गुगलपाटी संवाददाता हेटौंडामकवानपुर बहुमुखी क्याम्पसका विद्यार्थी सुजल चौलागाई तथा विवेक हटुवालले आफुहरुको कारण मकवानपुर बहुमुखी क्याम्पसको पठनपाठन अबरुद्ध नगर्नको लागि अनुरोध गरेका छन् ।
आज प्रेस विज्ञप्ति जारी गर्दै दुबै विद्यार्थीहरुले गत साउन ५ गतेको घटनाको सबै प्रक्रिया पुरा भई क्याम्पस, स्ववियु तथा आफुहरुसँग सहमति भैसकेको तर केहि विद्यार्थी संगठनले आफुहरुको नाम जोडेर अनावश्यक ढंगबट क्याम्पस बन्द गर्ने काम भएको भन्दै उनीहरुले क्याम्पस बन्द नगर्न आग्रह गरेका हुन् ।
आफुहरु हालसम्म कुनैपनि संघसंगठनमा आवद्ध नभएको तर आफुहरुको नाम जोडेर गलत प्रचारबाजी गरेको भन्दै उनिहरुले गम्भिर आपत्ती समेत ब्यक्त गरेका छन् । आफुहरुलाई क्याम्पस बाहीरका केहि ब्यक्तिले उक्साएका र फसाउने काम भएको भन्दै उनीहरुले आफुहरुलाई परेको अन्यायको विषयमा क्याम्पस प्रशासनसँग सहमति भैसकेको समेत विज्ञप्तिमा उल्लेख गरेका छन् ।