मुख्य न्यायाधीवक्ता थपलियाको सपथ

गुगलपाटी संवाददाता
१२ श्रावण २०७६ १०:५६

हेटौंडा : प्रदेश–३ को मुख्यन्यायाधिवक्ताओमप्रसाद थपलियाले सपथ लिएका छन्। प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले रिक्त मुख्यन्यायधिवतक्तामा थपलियालाई साउन ८ गते प्रदेश प्रमुख समक्ष सिफारिस गरेका थिए । आज उच्च अदालत पाटनका मुख्यन्यायाधीश कुम बहादुर चुडालले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन । प्रदेश प्रमुख अनुराधा कोइराला, मुख्यमन्त्री डोरमणी पौडेल, प्रदेशका मन्त्रीहरुको उपस्थितिमा सपथ भएको हो ।
२०४४ साल देखिनै अभिवक्ताबाट कानुनी क्षेत्रमा लागेका थपलिया २०४८ सालबाट अधिवक्ताको रुपमा वकालत पेसामा आवद्ध रहेका छन्। उनी २०७४ सालमा वरिष्ठ अधिवक्ता समेत भएका थिए। यसअघि प्रदेश तीनको मुख्य न्यायाधीवक्ता सुर्यचन्द्र न्यौपानेलाई पार्टीको रुलिङ विपरीतकाम गरेको भन्दै राजीनामा दिन लगाईएको थियो।