हेटौंडाबाट खटिएको प्रहरीद्वारा झण्डै तीन लाख नगदसहित कौडा खेल्ने ११ जना पक्राउ
गुगलपाटी संवाददाता चितवनसाउनमै ठूलो नगद हारजित हुने गरेर जुवाका रुपमा कौडा खेलेको सूचनाका आधारमा प्रदेश-३ प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरीक्षक चरित्रविक्रम कार्की समेतको टोलीले ११ जनालाई पक्राउ गरेको छ ।
चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक ९डिएसपी० एकनारायण कोइरलाका अनुसार हेटौंडाबाट आएका प्रहरी निरीक्षक कार्की र चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङ नेतृत्वको प्रहरी टोलीले मंगलबार दिउँसो भरतपुर क्षेत्रमा छापामारेको थियो । भरतपुर महानगर-१५ मंगलपुरको नमुना दराईटोलमा रहेको शैलेन्द्र श्रेष्ठको डेराबाट ११ जना गिरफ्तार भएको कोइरालाले बताए ।
उनीहरुको साथबाट दुई लाख ९३ हजार ३५० रुपैयाँ नगद र ३१ थान कौडा बरामद भएको छ । प्रहरीले दुई थान मोबाइल फोन सेट, एक थान गलैंचा र काठको चौकस एक थान पनि बरामद गरेको छ । भरतपुर महानगरपालिका-३ घर भएका शैलेन्द्र श्रेष्ठले मंगलपुरमा डेरा लिएका थिए । पक्राउ पर्नेमा भरतपुरका सात, राप्ती नगरपालिकाका दुईजना र एकजना रत्ननगर र एकजना नवलपुर गैंडाकोटका छन् ।