तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या, टाउको नभएको शव प्लास्टिकको ब्यागमा भेटियो
गुगलपाटी संवाददाता काठमाडौंभारतको झारखण्डको टाटानगर रेलवे स्टेशनको एक प्लेटफर्ममा तीन वर्षीया बालिकाको अपहरण गरी दुई व्यक्तिले बलात्कारपछि टाउको काटेर हत्या गरेको छ । पुलिसले बुधबार यसबारे जानकारी दिएको हो ।
पुलिसका अनुसार यो मामलामा दुई मुख्य आरोपीसहित तीनजनालाई पक्राउ गरिएको छ ।
प्रभात खबरका अनुसार जुलाई २६ मा टाटानगर स्टेशनबाट बालिकाको अपहरण गरिएको थियो । आमाको बयानमा अज्ञात व्यक्तिविरुद्ध मुद्दा दर्ता गरिएको थियो ।
रेल पुलिसले स्टेशनमा राखिएको सिसिटिभी फुटेजको आधारमा एक दिनअघि सोमबार राती रिंकू साहू, कैलाश कुमार नामका दुई व्यक्तिलाई पक्राउ गर्यो । रेल पुलिसले बालिकाको शवलाई पोष्टमार्टमका लागि एमजीएम पठायो ।
दुबै आरोपीले छुट्टा छुट्टै कहानी बताएर पुलिसलाई झुक्काइरहेका थिए । तर पछि रिंकू र कैलाशले आफ्नो अपराध कबूल गरे । रिंकूले भनेको स्थानमा खोजी गर्दा बालिकाको शव भेटियो । पुलिसले बालिकाको टाउको खोज्ने कोसिस गरिरहेको छ । एजेन्सी