“सभामुखज्यू, यसले मेरो मानहानि भयो, कहाँ उपचार गर्न जाऊँ, मलाई कसले उपचार दिन्छ ? ”

गुगलपाटी संवाददाता काठमाडौं
२० श्रावण २०७६ ११:२८

वार्ता, सहमति, सहकार्य र एकताबाट समस्याको समाधान निकाल्दै आएका राजनीतिक दलले सदनको गतिरोध अन्त्य गर्न पुनःसोही बाटो अवलम्बन गरेका छन् । सदनमा २६ दिनदेखिको गतिरोध अन्त्य गर्न सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलले सहकार्य र एकतालाई निरन्तरता दिँदै सदनको गतिरोध अन्त्यसमेत गरेका छन् ।

मेरो मानहानि भो !

बैठकमा राजपाका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले ‘आइतबार सरकारले सार्वजनिक गरेको राजेन्द्र महतो को हो ’ भन्ने प्रश्न गर्दै आफ्नो नाम जोडिएकामा आपत्ति जनाए । उनले भने “सभामुखज्यू, यसले मेरो मानहानि भयो, कहाँ उपचार गर्न जाऊँ, मलाई कसले उपचार दिन्छ ?”