पत्रकार पुडासैनीलाई आत्महत्या गर्न बाध्य पार्नेलाई ५ वर्ष जेल १

गुगलपाटी संवाददाता काठमाडौं
२२ श्रावण २०७६ ०८:०४

नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले आत्मह*त्या गर्न बाध्य पार्ने व्यक्तिलाई कानुनी दायरमा ल्याइने बताएका छन्।
कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै आइजीपी खनालले यस्तो बताएका हुन्। आइजीपी खनालले भने, आत्मह*त्या गर्न उत्प्रेरित गर्नेलाई कानुनी दायरमा ल्याएका छौं। अब प्रहरी यसतर्फ पनि अगाडी बढेको छ।

जबरजस्ती करणी र महिला हिंसाका मुद्दामा मिलापत्र नहुने बताउँदै खनालले मावन बेचविखन, साइबर अपराध नियन्त्रणमा प्रहरी कडाइका साथ प्रस्तुत भएको बताए।कानुनले दिएको अधिकार प्रयोग गर्दै आतंकवादी गतिविधी, चन्दा आतंक, मानव बेचबिखनजस्ता जघन्य अपराधमा संलग्नमाथि कठोर रुपमा प्रस्तुत हुने खनालको भनाई छ। समुदाय-प्रहरी साझेदारी कार्यक्रमले महत्वपूर्ण उपलब्धी प्राप्त गर्दै गएको खनालले बताए।
चितवनको एक होटलमा पत्रकार शालीग्राम पुडासैनीलाई आत्मह*त्या गर्न बाध्य पारिएको आशंका समेत गरिएको छ ।

स्रोत : नेपाल इन्साइडर