सिन्धुपाल्चोकमा बाँदरको आत्महत्या ! यस्तो छ बाँदरविद्को तर्क
गुगलपाटी संवाददाता काठमाडौंसिन्धुपाल्चोकमा एउटा पोखरीमा हाम फालेका १६ बाँदर मरेपछि विभिन्न सञ्चार माध्यममा बाँदरले आत्म हत्या गरेको भन्दै समाचार सार्वजनिक भएको छ । केही घाइतेको उद्दार गरिएको कुरा पनि आएको छ ।
बाँदरले आत्म हत्या गर्छ वा गर्दैन भन्ने विषयमा जानकारी दिन आवश्यक देखिएको छ । सिन्धुपाल्चोकको उक्त पोखरीमा १६ बाँदर मरेको कुरा आएको छ ।
वैज्ञानिकहरुले गरेका जैविक अनुसन्धानबाट पत्ता लागेको कुरा भनेको मानिसमा अतिरिक्त मस्तिष्क क्षमता हुन्छ । त्यसै कारणले गर्दा मानिसले विभिन्न अनौठा प्रकारका गुणहरु, अवगुणहरु, भावनाहरु र क्रियाकलाप देखाउँछ ।
मानिसको सबैभन्दा नजिकको प्राणी चिम्पान्जी हो । चिम्पान्जीसँग मानिसको २ प्रतिशत मात्र सामिप्यता छैन ।
९८ प्रतिशत सामिप्यता रहेको छ । यसको सोझो अर्थ चिम्पान्जीसँग मस्तिष्कको क्षमता बाहेक सबै कुरा मिल्छ ।
मैले केही वर्ष पहिलेको घटना सम्झिएको छु । पशुपतिमा एउटा बाँदरलाई करेन्ट लाग्यो, उसलाई बचाउन गएका कयौं बाँदर बिजुलीको तारमा परेर मरेका थिए । त्यो दुर्घटना हो । त्यसैले आत्महत्या नभएर सिन्धुपाल्चोकमा अरु केही कारणले बाँदर मरेका हुन सक्छन् । पहिले काठमाडौंको थापाथलीमा एउटा बाँदरलाई गाडीले किचेर मार्यो । त्यसको शोकमा आसपासका सबै बाँदर जम्मा भएर बिरोध प्रदर्शन नै गरे ।
जनावरहरुले आफ्नो दुख, सुख अथवा आक्रोसलाई देखाउँछन् । तर मानिसले जस्तै हत्या, बलात्कार, चोरी वा आत्महत्याको नक्कल गर्न मस्तिष्कको क्षमताले दिदैन ।
सिन्धुपाल्चोकको घटनालाई अध्ययन गरेर मात्र भन्न सकिएला । तर हामीले गरेको अध्ययनअनुसारको कुरा भन्नु पर्दा आत्महत्या गरिएको भनिएका बाँदरहरु आत्महत्या नभएर अन्य कारणले हुन सक्छ भन्ने अनुमान लगाउन सकिन्छ । सिन्धुपाल्चोकमा बाँदरको हत्या भएको अनुमान लगाउन सकिन्छ ।
पोखरीमा खेल्ने, खाने, नुहाउने काम बाँदरले नियमित जस्तो गर्छन् । त्यहाँ पनि खेल्न वा नुहाउने कामका लागि बाँदर गएका थिए भन्ने अनुमान लगाउन सकिन्छ ।
बाँदर खेल्न, खान वा नुहाउनका लागि पुगेको समयमा पानीमा विषालु चिजको प्रयोग भएको कारणले बाँदर मर्न सक्छन् ।
त्यस्तै कहिले काँही पानीमा कतैबाट बिजुलीको तार वा करेन्ट प्रवाह भएका कारणले पनि बाँदर मरेको हुन सक्छ ।
आत्महत्या गरेको कुरा अहिलेसम्म वैज्ञानिक रुपमा पुष्टि हुन सकेको छैन । बाँदरले शोक मनाउन सक्छन् । आँशु नै झारेर, आवाज निकालेर दुख व्यक्त गर्छन् ।
तर आत्महत्याको कुरा उनीहरुको मस्तिष्कले सोच्न सक्दैन ।
मैले केही वर्ष पहिलेको घटना सम्झिएको छु । पशुपतिमा एउटा बाँदरलाई करेन्ट लाग्यो, उसलाई बचाउन गएका कयौं बाँदर बिजुलीको तारमा परेर मरेका थिए । त्यो दुर्घटना हो ।
त्यसैले आत्महत्या नभएर सिन्धुपाल्चोकमा अरु केही कारणले बाँदर मरेका हुन सक्छन् ।
पहिले काठमाडौंको थापाथलीमा एउटा बाँदरलाई गाडीले किचेर मार्यो । त्यसको शोकमा आसपासका सबै बाँदर जम्मा भएर बिरोध प्रदर्शन नै गरे ।
बाँदर जम्मा भएपछि गाडी चल्न अवरोध भयो । अनि सञ्चार माध्यममा शोक मनाइएको विषयले प्राथमिकता पायो ।