ईनारमा खसेर ४० वर्षिय महिलाको मृत्यु

गुगलपाटी संवाददाता चितवन
२४ श्रावण २०७६ ०५:२८

 एक महिलाको ईनारमा खसेर मृत्यु भएको छ । चितवन जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार भरतपुर महानगरपालिका-९ आदर्शचोक माइत आएकी ४० वर्षीया इन्द्रकला भुषाल शुक्रबार बिहान सवा ६ बजे इनारमा खसेकी थिइन् । उपचारका क्रममा उनको निधन भएको प्रहरीले जानकारी दिएको छ ।

भुषालको घर नवलपुरको गैंडाकोट हो । इनार ढाकेको ढकनीमा चढेर उनले कपडा सुकाउने डोरी मिलाउँदै थिइन् । त्यही बेला ढकनी भाँच्चिएर उनी इनारमा खसेको छिमेकीहरूले बताएका छन् ।

घटना बारे जानकारी भएपछि प्रहरी उद्धारका लागि गएको थियो । प्रहरी निरीक्षक विरेन्द्र गुरूङ इनारभित्र गएर भुषाललाई बाहिर ल्याएका थिए । अस्पताल पठाए पनि बचाउन नसकेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी एकनारायण कोइरालाले बताए । ।