बालिकालाई बलात्कार गरेको आरोपमा काठमाडौं महानगरका कर्मचारी एक पक्राउ

गुगलपाटी संवाददाता काठमाडौँ
२७ श्रावण २०७६ ०६:५२

प्रहरीले ११ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा काठमाडौं महानगरपालिकाका एक कर्मचारीलाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–१७ बस्ने काठमाडौं महानगरपालिकामा कार्यरत ५२ वर्षीय कुचीकार प्रमुख बाबुराजा पुजारीलाई प्रहरीले पक्राउ गरेको हो ।

बालिकाले आफ्नी आमालाई पुजारीले बलात्कार गरेको घटनाबारे जानकारी गराएपछि आइतबार बालिकाको परिवारले प्रहरीमा उजुरी हालेको थियो ।

उजुरी परेसँगै पुवारीलाई बागबजारबाट पक्राउ गरेर अदालतबाट सात दिनको म्याद थप गरि अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले बताए ।

पुजारीले काठमाडौं महानगरपालिकाकै मुख्य कार्यालयमा लगेर बालिकालाई बलात्कार गरेको बालिकाको परिवारले आरोप लगाएका छन् ।

बालिकाको स्वास्थ्य परिक्षण पनि भइसकेको छ ।