ट्रायल परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ
गुगलपाटी संवाददाता काठमाडौंयातायात व्यवस्था कार्यालय ललितपुरले सञ्चालन गरेको सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) दिन आउने एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।
काठमाडौं डल्लु बस्ने सुर्खेतका १८ वर्षीय बिनोद शाही रहेको प्रहरीले जनाएको छ ।
ललितपुर महानगरपालिका-१३ कुसुन्तीस्थित सुजुकी ट्रायल सेन्टरमा आइबार सञ्चालित ट्रायल परीक्षामा सुर्खेतका वषर्ीय दिनेश अधिकारीको नाममा ट्रायल दिने क्रममा शाहीलाई पक्राउ गरेको हो । उनीमाथि अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।