मकवानपुरको मनहरीमा  १६५ युवाहरुले गरे सामुहिक पशुपालन र तरकारी खेति

गुगलपाटी संवाददाता हेटौंडा
२८ श्रावण २०७६ १०:४३

 मकवानपुरको मनहरी गाउँपालिकाका युवाहरुले सामुहिक रुपमा पशुपालन र तरकारी खेति गरेका छन् । वडानम्बर ४ मसिनेमा एक सय ६५ जना युवाहरु मिलेर सामुहिक काम गर्न सुरु गरेका हुन् । विदेशमा कठिन श्रम गरेर फर्किएका धेरै युवाहरु मिलेर सामुहिक रुपमा बाख्रा पालन, गाई पालन, रागाँ, भैसी पालन सहित तरकारी खेति समेत गर्न सुरु गरेका छन् ।

विदेशमा काम गरेर बचेको पैसाले लगानी गरेर युवाहरुले काम गर्न सुरु गरेका हुन् । अहिले ६३ कठ्ठा जमिन लिएर युवाहरुले तरकारी खेति र पहुपालनमा लागिएको लगानीकर्ता मध्यका एक जना खेम गुरुङले बताउनुभयो । उहाँ १३ बर्ष बिदेशमा बसेर अहिले भने नेपालमानै केही काम गरौ भनेर करिव दुई करोड रुपैयाँ लगानी गरेर काम सुरु गरिएको हो ।

यो लगानीलाई अझै बृद्धी गरेर नमुना योग्य पशुपालन र तरकारी खेति गरिने उहाँले बताउनुभयो । किसानहरुको लगानीलाई मध्यनजर गरेर गाउँपालिकाले सहयोग गरेको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो । उनीहरुको लागि अहिले जग्गा अभाब भएकाले धेरै जग्गा उपलब्ध गराउन सकेमा थप प्रभाबकारी हुने उहाँले बताउनुभयो ।