मकवानपुरमै पहिलोपटक सृजनशिल उद्यमी मेला–२०७६ हुने
गुगलपाटी संवाददाता हेटौंडामकवानपुरको हेटौंडामा पहिलो पटक सृजनशिल उद्यमी मेला–२०७६ हुने भएको छ । मकवानपुर महिला उद्यमी व्यवसायी संघ एवम् महिला श्रृजनशिल केन्द्र, काठमाडौंको आयोजनामा सृजनशिल उद्यमी मेला–२०७६ हुने भएको हो ।
मंगलबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरि यही भाद्र ५ गतेदेखि ७ गतेसम्म पल्पसा सभागृहमा सृजनशिल उद्यमी मेला २०७६ संचालन हुने मकवानपुर महिला उद्यमी व्यवसायी संघकी अध्यक्ष सुशिला पाण्डेले जानकारी दिईन ।
तीन दिनसम्म आयोजना हुने उक्त मेला हरितालिका तीजदेखि शुभ विजया दशमी तथा दीपावलीसम्मलाई लक्षित गरि आयोजना गर्न लागिएको हो ।
नेपाल सरकारले संचालन गर्दै आएको ‘स्वदेशी उत्पादनलाई प्रोत्साहन गरौं, घर घरमा रोजगारीको अवसर श्रृजना गरौं’ भन्ने अभियानअन्तर्गत मेलामा उद्यमीहरुबाट उत्पादित कृषि उपज, दुग्धजन्य पदार्थ, स्थानिय कच्चा पदार्थबाट उत्पादित सामग्री, श्रृंगार सामग्री, दैनिक उपभोग्य वस्तु एवम् आवश्यक सामग्री प्रदर्शन गरि बिक्रि वितरण हुँदा उत्पादकत्व तथा उद्योगमा टेवा पुग्ने विश्वास लिईएको छ ।
उद्यमी मेलामा पल्पसा हलभित्र र बाहिर गरि ५० वटा स्टलको व्यवस्था गरिएको छ । निःशुल्क प्रवेश रहेको उक्त मेलामा तीज भाखाको गीत र हेल्थ क्याम्प पनि संचालन हुनेछ । मेलामा मकवानपुर जिल्ला बाहेक काठमाडौं र चितवनका उद्यमीहरुको सहभागिता रहनेछ ।
घरेलु तथा साना एवम् लघु उद्यमी व्यवसायीहरुको उत्पादित उत्पालनहरुको प्रवद्र्धनमा टेवा पुर्याई स्वयम् सक्षम र निर्णायक भूमिका खेल्न सक्ने महिलाहरुको पहिचान गरि उजागर गर्ने उद्धेश्यले हुन लागेको मेलामा २५ देखि ३० हजार सर्वसाधारणले अवलोकन गर्ने र करिब ३० लाखसम्मको कारोबार हुने लक्ष्य रहेको अध्यक्ष पाण्डेले बताईन् ।