मुख्यमन्त्रीद्वारा जनैपूर्णिमाको अवसरमा शुभकामना व्यक्त
गुगलपाटी संवाददाता हेटौंडा३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हिन्दुहरुको महत्त्वपूर्ण चाड जनैपूर्णिमा (रक्षाबन्धन) को अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ ।
मुख्यमन्त्री पौडेलले बिहिवार एक सन्देश जारी गर्दै सभ्यता, संस्कृति र कलामा सयौं वर्ष अगाडि देखि नै यस प्रदेशले प्रसिद्धि पाएको उल्लेख गर्नुभएको छ। उहाले सन्देशमा भन्नु भएको छ ।” अनगिन्ती प्राकृतिक, सांस्कृतिक र पुरातात्विक सम्पदा यस प्रदेशमा रहेका छन् । बहु जाती भाषा, धर्म, संस्कृतिले भरिपूर्ण यो प्रदेश सामाजिक, सांस्कृतिक, जातीय, धार्मिक सहिष्णुतामा आधारित इन्द्रेणी जस्तै सुन्दर छ ।”
उहाँले पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व अभिबृद्धि गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षण तथा सम्बर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिएको बताउनुभयो । उहाले साझा साँस्कृतिक धरोहरका रूपमा रहेका असल परम्पराहरूको संरक्षण तथा सम्बर्द्धनले पर्यटन प्रबर्द्धनमा सघाउ पुग्न गई समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय संकल्प हासिल गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री पौडेलले भन्नुभयो “समृद्धि हाम्रो सपना, हामी सवैको दृढ संकल्प, इमान्दार प्रयत्न र मेहनतवाट समृद्धिको सपनालाइ यथार्थतामा वदल्न सकिन्छ । जनै पूर्णिमा/ रक्षा बन्धन पर्वले राष्ट्रिय एकता र सामाजिक सद्भाव सुदृढ तुल्याउँदै दीगो शान्ति कायम राख्न सकोस् भनी सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।”